News Portal

चीनले दिने स्वास्थ्य सामग्री बुझ्न ताप्लेजुङका अधिकारीहरु हिँडे

हिमाली संचार संवाददाता
४१० पटक

ताप्लेजुङ — चीनको तिब्बत स्वायत्त क्षेत्रले ताप्लेजुङ जिल्लालाई दिने स्वास्थ्य सामग्री बुझ्न यहाँको टोली सोमबार टिप्ताला भञ्ज्याङतिर लागेको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडा, जिल्ला समन्वय समितिका अधिकृत गणेश अधिकारीको टोली त्यसतर्फ हिँडेको हो ।

चीनले सामान बुझ्न द्विदेशीय सिमाना टिप्ताला भञ्ज्याङमा बोलाएको हो । पिपुल रिपब्लिक अफ चाइनाले दिने सामानमा ११ सय थान आरडिटी कीट, ११ सय थान पीपीई, एक सय थान थर्मल गन, १२ सय थान एन–९५ मास्क, एक लाख १० हजार थान सर्जिकल मास्क र सेनिटाइजर रहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । सामान बुझ्नका लागि जिल्लाका सरकारी अधिकारी आइदिन चीनले गरेको आग्रह अनुसार जिल्ला प्रशासन कार्यालयले सहायक प्रजिअ नेतृत्वको टोली खटाएको हो ।

सामानका लागि सहजीकरण गरेका फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङका अनुसार चीनले जेठ ८ गते (मे २१ तारेख) कादिन सिमानासम्म सामान ल्याइदिने जनाएको छ । सिमाना नजिकैको बस्ती रिउमा सामान तयार पारिएको छ । ओलाङचुङगोला निवासी छेतेनले सामानका लागि सहजीकरण गरिरहेका छन् ।

चीनले यसअघि पनि सिमावर्ती ओलाङचुङगोला र याङमाका बासिन्दाका लागि स्वास्थ्य र खाद्य सामग्री सहयोग गरेको थियो । सहयोग गरिएको ती सामानसमेत टिप्ताला भञ्ज्याङमै रहेको छ । हिउँका कारण सामान गोलासम्म ल्याउन नसकिएकाले खाद्य सामग्री सिमानामै रहेको छेतेनले बताए । स्वास्थ्य सामग्री भने गोलाले ल्याइसकेको छ ।

 

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...