News Portal

चीनले दिने स्वास्थ्य सामग्री बुझ्न ताप्लेजुङका अधिकारीहरु हिँडे

हिमाली संचार संवाददाता
४५६ पटक

ताप्लेजुङ — चीनको तिब्बत स्वायत्त क्षेत्रले ताप्लेजुङ जिल्लालाई दिने स्वास्थ्य सामग्री बुझ्न यहाँको टोली सोमबार टिप्ताला भञ्ज्याङतिर लागेको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडा, जिल्ला समन्वय समितिका अधिकृत गणेश अधिकारीको टोली त्यसतर्फ हिँडेको हो ।

चीनले सामान बुझ्न द्विदेशीय सिमाना टिप्ताला भञ्ज्याङमा बोलाएको हो । पिपुल रिपब्लिक अफ चाइनाले दिने सामानमा ११ सय थान आरडिटी कीट, ११ सय थान पीपीई, एक सय थान थर्मल गन, १२ सय थान एन–९५ मास्क, एक लाख १० हजार थान सर्जिकल मास्क र सेनिटाइजर रहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । सामान बुझ्नका लागि जिल्लाका सरकारी अधिकारी आइदिन चीनले गरेको आग्रह अनुसार जिल्ला प्रशासन कार्यालयले सहायक प्रजिअ नेतृत्वको टोली खटाएको हो ।

सामानका लागि सहजीकरण गरेका फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङका अनुसार चीनले जेठ ८ गते (मे २१ तारेख) कादिन सिमानासम्म सामान ल्याइदिने जनाएको छ । सिमाना नजिकैको बस्ती रिउमा सामान तयार पारिएको छ । ओलाङचुङगोला निवासी छेतेनले सामानका लागि सहजीकरण गरिरहेका छन् ।

चीनले यसअघि पनि सिमावर्ती ओलाङचुङगोला र याङमाका बासिन्दाका लागि स्वास्थ्य र खाद्य सामग्री सहयोग गरेको थियो । सहयोग गरिएको ती सामानसमेत टिप्ताला भञ्ज्याङमै रहेको छ । हिउँका कारण सामान गोलासम्म ल्याउन नसकिएकाले खाद्य सामग्री सिमानामै रहेको छेतेनले बताए । स्वास्थ्य सामग्री भने गोलाले ल्याइसकेको छ ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...