News Portal

सरकारको नीतिले संघीयता धरापमा पर्र्यो : उपेन्द्र यादव

हिमाली संचार संवाददाता
४९६ पटक
२०७७ जेठ ४, आईतबार

काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता धरापमा पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै यादवले सरकारका नीतिले संघीयता धरापमा पर्ने जोखिम रहेको बताएका हुन्।

‘प्रदेशको एकल क्षेत्राधिकार भित्र पर्ने सहकारी, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा, वन जंगल, उद्योग र गुठी लगायतका कुराहरू संघीय सरकारले आफैं सञ्चालन गर्ने हो भने संघीयता धरापमा पार्ने षडयन्त्र भएको स्पष्ट देखिन्,’ यादवले भने। ठूलो बलिदानबाट प्राप्त भएको संघीयता धरापमा पार्ने अधिकार कसैलाई नभएको उल्लेख गर्दै यादवले संघीयता धरापमा पार्ने षडयन्त्र भए मुलुक संकटमा पर्न सक्ने चेतावनीसमेत दिएका थिए।

मुलुकको विकास गर्नका लागि सबै भूगोललाई सन्तुलित र न्यायोचित रुपले अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। पूर्व-पश्चिम राजमार्गभन्दा दक्षिणतिर पनि नेपाली नागरिकहरूको बसोबास भएको उल्लेख गर्दै यादवले ती ठाउँहरूमा विकास निर्माणका काम अन्त्यन्त न्यून मात्रामा भएको र कहिले पनि प्राथकितामा नपरेको बताए।

नेपाललाई अल्पविकसित देशको सूचीबाट उकास्न तराई क्षेत्रमा कृषिको आधुनिकीकरण र हिमाली तथा पहाडी क्षेत्रमा सन्तुलित विकास नगरी सम्भव नुहने भएपनि नीति कार्यक्रममा यी कुनै पनि विषय नसमेटिएको उनको टिप्पणी थियो। सरकारको असफल कुटनीति र अकर्मण्यताका कारण लिपुलेक, सुस्ता लगायतका नेपाली भूमि भारतीय अतिक्रणमा परेको यादवको भनाइ थियो। कुटनीति पहलबाट वार्ता गरी सीमा समस्या समाधान गर्न पनि उनले सरकारलाई सुझाव दिएका थिए।

जनस्तरमा राहत पुग्नेगरी स्वास्थ्य, शिक्षा, कृषि र उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने भएपनि सरकरले आफ्नो पार्टीका कार्यकर्ता र आसेपासेलाई पालनपोषणमा अल्मल्याउने गरी नीति तथा कार्यक्रम ल्याएको यादवले बताए। अध्यक्ष यादवले नीति तथा कार्यक्रममा पुर्नविचार गरेर परिमार्जन गर्न पनि आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...