News Portal

  • सरकारको नीतिले संघीयता धरापमा पर्र्यो : उपेन्द्र यादव

    हिमाली संचार संवाददाता
    ४०० पटक
    २०७७ जेठ ४, आईतबार

    काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता धरापमा पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै यादवले सरकारका नीतिले संघीयता धरापमा पर्ने जोखिम रहेको बताएका हुन्।

    ‘प्रदेशको एकल क्षेत्राधिकार भित्र पर्ने सहकारी, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा, वन जंगल, उद्योग र गुठी लगायतका कुराहरू संघीय सरकारले आफैं सञ्चालन गर्ने हो भने संघीयता धरापमा पार्ने षडयन्त्र भएको स्पष्ट देखिन्,’ यादवले भने। ठूलो बलिदानबाट प्राप्त भएको संघीयता धरापमा पार्ने अधिकार कसैलाई नभएको उल्लेख गर्दै यादवले संघीयता धरापमा पार्ने षडयन्त्र भए मुलुक संकटमा पर्न सक्ने चेतावनीसमेत दिएका थिए।

    मुलुकको विकास गर्नका लागि सबै भूगोललाई सन्तुलित र न्यायोचित रुपले अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। पूर्व-पश्चिम राजमार्गभन्दा दक्षिणतिर पनि नेपाली नागरिकहरूको बसोबास भएको उल्लेख गर्दै यादवले ती ठाउँहरूमा विकास निर्माणका काम अन्त्यन्त न्यून मात्रामा भएको र कहिले पनि प्राथकितामा नपरेको बताए।

    नेपाललाई अल्पविकसित देशको सूचीबाट उकास्न तराई क्षेत्रमा कृषिको आधुनिकीकरण र हिमाली तथा पहाडी क्षेत्रमा सन्तुलित विकास नगरी सम्भव नुहने भएपनि नीति कार्यक्रममा यी कुनै पनि विषय नसमेटिएको उनको टिप्पणी थियो। सरकारको असफल कुटनीति र अकर्मण्यताका कारण लिपुलेक, सुस्ता लगायतका नेपाली भूमि भारतीय अतिक्रणमा परेको यादवको भनाइ थियो। कुटनीति पहलबाट वार्ता गरी सीमा समस्या समाधान गर्न पनि उनले सरकारलाई सुझाव दिएका थिए।

    जनस्तरमा राहत पुग्नेगरी स्वास्थ्य, शिक्षा, कृषि र उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने भएपनि सरकरले आफ्नो पार्टीका कार्यकर्ता र आसेपासेलाई पालनपोषणमा अल्मल्याउने गरी नीति तथा कार्यक्रम ल्याएको यादवले बताए। अध्यक्ष यादवले नीति तथा कार्यक्रममा पुर्नविचार गरेर परिमार्जन गर्न पनि आग्रह गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    गण्डकीको राइड सेयरिङमाथि सर्वोच्च अदालतको हस्तक्षेप, नियमावली कार्यान्वयनमा रोक

    काठमाडौँ, असार १० – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली तत्काल कार्यान्वयन...

    आइसीसी अध्यक्ष महेश श्रेष्ठको पहलमा एनआरएनए अमेरिकाका दुबै कमिटीबीच एकता हुने सहमति

    काठमाडौँ, असार १०  — गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष...

    एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठद्वारा बाल्टिमोरमा एकताको बलियो सन्देश, नेपाललाई समृद्ध बनाउन आह्वान

    बाल्टिमोर (अमेरिका), असार १०  – गैर आवासीय नेपाली संघ (एनआरएनए) का नव निर्वाचित अध्यक्ष महेशकुमार...

    गृहमन्त्री लेखकद्वारा भिजिट भिसा समस्या दीर्घकालीन समाधानको घोषणा

    काठमाडौँ, असार १०  — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान...

    एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक : अध्यक्ष श्रेष्ठ

    अमेरिका, असार १० — गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले एनआरएनएको...