News Portal

सुरक्षा पोस्टमा फेरि भारतीय समूहको आक्रमण

खाना खान गएको समयमा भारतीय नागरिकले अस्थायी पोस्ट भत्काइदिएका हुन्

हिमाली संचार संवाददाता
३८८ पटक
२०७७ जेठ ४, आइतबार

काठमाण्डौ। झापाको कचनकवल-१, घेराबारीको झन्डुगाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भारतीय समूहले भत्काइदिएका छन् । शनिबार बेलुकी ८ बजेतिर आएका १ सय जना भन्दा बढीका समुहले सशस्त्र प्रहरीको अस्थायी पोस्ट भत्काएका हुन् ।

सशस्त्र बलका जवानहरु खाना खान गएको समयमा उक्त समूहले सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । ‘सुरक्षाकर्मी खाना खाएर फर्किंदा पोस्ट भत्काइँदै थियो’, उनले भने, ‘एक राउन्ड हवाई फायरपछि उनीहरू भागेका थिए ।’

नेपाली भूमिमा मकैखेती लगाएका भारतीयले लकडाउनका कारण सरकारले सिमा सिल गरेपछि आउन नपाएका कारण आक्रमण गरेको हुन सक्ने रानामगरको भनाइ छ ।

कचनकवल वडा नं. १ का वडाध्यक्ष लक्ष्मी यादवले बिहारको सुरिभिट्टातर्फबाट आएको समूहले आक्रमण गरेको जानकारी दिए । उनका अनुसार १२५ नम्बर सीमास्तम्भनजिक सशस्त्रको अस्थायी रहेको पोस्ट छ । पोस्ट भत्काउन आएका भारतीयको स्थानीयले पनि प्रतिकार गरेको वडाध्यक्ष यादवले बताए ।

घटनाबारे प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले धोर भर्त्सना, साथै सुरक्षाकर्मीमाथि भारतीय नागरिकहरूबाट दोहोरिइरहेको आक्रमण गम्भीर रहेको उल्लेख गरेका छन् ।

यसअघि वैशाख २३ मा पनि भारतीय समूहले झापा गाउँपालिकाको १३१ सीमास्तम्भनजिक खटिएको सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको थिए । प्रमुख जिल्ला अधिकारी रानामगरले घटनाबारे आइतवार बिहान भारतीय सुरक्षाकर्मीसँग छलफल हुने जनाकाकी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...