News Portal

मेलिना राईको स्वर र रोशन सिंहको लय शब्दमा “माइती” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
२२६३ पटक

राजु बोहरा/काठमाडौँ – नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तिज २०७५ आउन केही दिन मात्र बाँकी छ तर पनि यो पर्ब आउनु केहि महिना पूर्व नै तीज गीतहरु बजारमा छरपष्ट भैसकेका छन्  । यसै क्रममा केशु पुन र सुनीता गुरुङको तीज कोशेली “माईती” पनि बजारमा सार्बजनिक भएको छ ।

सर्जक तथा गायक रोशन सिंहको मौलिक शब्द तथा लयमा तयार भएको यस गीतमा सबैको प्रिय बन्न सफल बहुचर्चित गायिका मेलिना राईको सुमधुर स्वर सुन्न सकिन्छ । आधुनिक विधाकि गायिका मेलिना राई द्वारा स्वर बद्ध भएर पनि हुन सक्छ यो गीत यस बर्षको तीजमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

गीत रूद्रपुर,रुपन्देही पिपिरचापाको सेरोफेरोमा बनेको गीतको म्युजिक भिडियोमा गायिका एवम् मोडेल केशु पुनको निर्देशन रहेको छ । करन चैंसिरको छायांकन तथा रबी थापा (सप्तरंगी कलाकेन्द्र,सालझण्डी) को कोरियोग्राफी रहेको छ भने मनोज कार्कीले सम्पादन गरेका छन् । केशु पुन,खिलिना पुन र सुनीता गुरुङको सुन्दर अभिनय रहेको गीतलाई ग्यालेक्सी म्यूजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ । हामी यस गित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?time_continue=8&v=QnsXaeRmPFE

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...