News Portal

बेलायतबाट धरानमा रहेका सोदेलवासीलाई राहत सहयोग

हिमाली संचार संवाददाता
७८२ पटक
२०७७ जेठ २, शुक्रवार

धरान । धरान उपमहानगरपालिका धरान वडा नं.-११ कल्याण चोक स्थित स्थायी निवासी देवानसिंह राईको परिवार, धरान-१८ न्यूरोड स्थायी निवासी डा. योगेश राईले रु.७४,३२२।-व्यक्तिगत रुपमा आफ्ना गाउले सुङदेलबासीको लागि सुङदेलबाट विभिन्न कामका सिलसिलामा धरान उपमहानगरपालिका भित्र रहेका विधार्थी, वित्पन्न परिवार, गरिब तथा असहाय २१ धर परिवारका लागि बेलायतदेखि आफ्ना व्यक्तिगत खर्चबाट लकडाउनका कारण अप्ठ्यारो अवस्थामा परेका आफ्ना गाउलेहरुका लागि खाधन्न सामाग्री र गाउदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार्थ विरामीका लागि नगद समेत सहयोग गरेका छन्।

“हुनेबाट लिने, नहुनेलाई दिने” कार्यक्रम संचालन गरिरहेका सुङदेलका युवा धरान-११ पशुपति मार्ग स्थायी निवासी हाल सिङगापुर प्रहरीमा कार्यरत रोशन राईको विशेष पहल त्यस्तै, धरान-११ सायपत्री मार्ग स्थायी निवासी सोदेल समाजको सचिव लोकराज राईको समन्वयमा राहत सामाग्री साथै नगद समेत वितरण गरेका रोशन राईले जानकारी दिएको हो। 

युवा समाजसेवी रोशन राई स्वयम् आफै पनि लकडाउनका कारण हाजिरमा फर्कन नसकेको पनि राईले बताए। लकडाउनको समयमा अप्ठ्यारो अवस्थामा रहेका वित्पन्न परिवारका लागि आवश्यक सहयोग संकलन गरेर ‘हुनेबाट लिने, नहुनेलाई दिने’ यो कार्यक्रम अन्तरगत सहयोग दिनु हुने बेलायतमा रहनु हुने सहयोगदाता द्वय देवानसिंह राईको परिवार, डा. योगेश राई प्रति आभार प्रकट समेत गरेका छन्।  

त्यस्तै, लाहुरे राईले यो कार्यक्रमका लागि नामावली संकलन साथै सावारी साधनका लागि व्यावस्था गरेर सहयोग गर्नु हुने सोदेल समाजका सचिव लोकराज राईको विशेष सहयोग रहेको बताए ।  राईले लकडाउनको समयमा धरमा बसेर नेपाल सरकारले धोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन सम्बन्धित सबैमा सामाजिकदूरी कायम गर्न समेत अनुरोध गरेका छन्। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...