News Portal

कांग्रेसले बनायो विनोद चौधरीको संयोजकत्वमा कोरोनाले आर्थिक क्षेत्रमा परेको असरबारे अध्ययन समिति

हिमाली संचार संवाददाता
६९० पटक
२०७७ जेष्ठ २, शुक्रबार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसका कारण लगानी, पूर्वाधार र रोजगारीको क्षेत्रमा परेको असरबारे अध्ययन गर्न उद्योगपति विनोद चौधरीको संयोजकत्वमा विशेष समिति गठन गरेको छ।

गत वैशाख १७ मा बसेको केन्द्रीय समितिको बैठकले कोरोना भाइरसको महामारीका कारण विभिन्न क्षेत्रमा परेको असर अध्ययन गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार शुक्रबार कांग्रेसले लगानी, पूर्वाधार र रोजगारीको क्षेत्रमा परेको असरबारे अध्ययन गर्न विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय विशेष समिति गठन गरेको विज्ञप्तिमार्फत् जानकारी दिएको हो।

समितिमा दिपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर के.सी. र मोहन आचार्य छन्। त्यस्तै तेजुलाल चौधरी, अनिल रुङ्गटा, बिष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा छन्।

यस समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययनपश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ लाई सुझाव दिनेछ।

दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दीगो परियोजनाहरूको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...