News Portal

कांग्रेसले बनायो विनोद चौधरीको संयोजकत्वमा कोरोनाले आर्थिक क्षेत्रमा परेको असरबारे अध्ययन समिति

हिमाली संचार संवाददाता
६५७ पटक
२०७७ जेष्ठ २, शुक्रबार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसका कारण लगानी, पूर्वाधार र रोजगारीको क्षेत्रमा परेको असरबारे अध्ययन गर्न उद्योगपति विनोद चौधरीको संयोजकत्वमा विशेष समिति गठन गरेको छ।

गत वैशाख १७ मा बसेको केन्द्रीय समितिको बैठकले कोरोना भाइरसको महामारीका कारण विभिन्न क्षेत्रमा परेको असर अध्ययन गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार शुक्रबार कांग्रेसले लगानी, पूर्वाधार र रोजगारीको क्षेत्रमा परेको असरबारे अध्ययन गर्न विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय विशेष समिति गठन गरेको विज्ञप्तिमार्फत् जानकारी दिएको हो।

समितिमा दिपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर के.सी. र मोहन आचार्य छन्। त्यस्तै तेजुलाल चौधरी, अनिल रुङ्गटा, बिष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा छन्।

यस समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययनपश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ लाई सुझाव दिनेछ।

दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दीगो परियोजनाहरूको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...