News Portal

  • अज्ञात रोगले गोलभेँडा खेती नष्ट भएपछि किसान चिन्तित

    हिमाली संचार संवाददाता
    ४३७ पटक
    २०७७ जेष्ठ २, शुक्रबार

    जाजरकोट – अज्ञात रोगले गोलभेँडा खेती नष्ट पारेपछि जाजरकोटको भेरी नगरपालिकाका किसान चिन्तित बनेका छन्। गोलभेडामा रोगको सङ्क्रमण फैलिएर बाली नै नष्ट भएपछि भेरी नगरपालिका– १, ४, ११ का किसान चिन्तित भएका हुन्।

    आम्दानीको राम्रो स्रोत भएको टमाटरको बिक्रीबाट भएको आम्दानीले दैनिक घर खर्चदेखि छोराछोरी पढाउँदै आएका यहाँका किसान निकै मारमा परेका छन्। बिहीबार खेतबारीमै कृषि प्राविधिक लिएर गएकी भेरी नगरपालिका–११ की कालुदेवी पुन मगरले सबै टमाटर देखाउनुभयो।

    फल लागेर लटरम्म फलेका टमाटर सबै जमिनभरि राताम्य भएर गलेको देखेपछि कृषि प्राविधिकसमेत अनौठो मान्दै हैरान भएका थिए। कृषि प्राविधिक यज्ञ अधिकारीले भन्नुभयो, “शुरुमा भएको भए केही औषधि गर्न सकिथ्यो, अब सबै फल पाकिसकेकाले केही उपाय छैन।”

    यो कुरा सुनेपछि अर्का कृषक तिले रोकायले झन् चिन्ता थपिएको बताउनुभयो। उहाँले भन्नुभयो, “भेरी नगरपालिकाको पकेट क्षेत्रमा लगाएको टमाटर खेती सबै सखाप भयो, हाम्रो आम्दानीको मुख्य स्रोत बन्द भयो, अब के गर्ने ?” तरकारीखेतीबाटै जीविकोपार्जन गरिरहेका किसानले लगाएको गोलभेँडा गलेपछि चिन्तित बनेको रोकायले बताउनुभयो।

    जिल्लाको सबैभन्दा बढी तरकारी उत्पादन गर्ने मटेला, इवर र कालेगाउँमा लगाएको सबै टमाटर रोगले खेर गएपछि यहाँ तीन दर्जन किसान मर्कामा परेका छन्।

    भेरी नगरपालिका कृषि शाखाबाट अनुदानमा वितरण भएको टमाटर बीउ पाएर राम्रो उत्पादन गर्ने उद्देश्यले भएभरको मेहनत गरेका किसान अहिले रुनु न मर्नुजस्तै भएको अर्का किसान कृष्णकला रोकायले बताउनुभयो।

    बर्सेनी तरकारीमा समस्या देखिए पनि यो पटक धेरै समस्या देखिएको उहाँले बताउनुभयो। कोरोना भाइरसबाट जोगिन र जोगाउनका लागि लकडाउन हुँदा नगरपालिकाको कृषि शाखाले औषधि खरिद गर्न नसकेको जानकारी दिएको छ।

    धेरै ठाउँमा औषधिका लागि सम्पर्क गर्दा पनि सम्भावना नभएपछि घरेलु विधिबाहेक अरु उपाय नभएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले बताउनुभयो। उहाँले थप्नुभयो, “अब कृषकले तरकारी खेती प्रणाली बदल्नुपर्छ।

    जुन अहिले टमाटरमा देखिएको रोग छ, त्यो नयाँ खालको रोग हो। हामीजस्ता सामान्य प्राविधिकले यो केही गर्न सक्दैनाँै।” भारी जमिनमा लटरम्म फलेको टमाटर भकाभक कुहिएर झर्न थालेपछि हातमा परेको पैसा हराएको जस्तै भएको कृषकले संज्ञा दिएका दिएका छन्।

    टमाटर कुहिएर झरेपछि सदरमुकाममा टमाटर पाउन मुस्किल भएको छ। टमाटरको प्रत्येक बोटमा टमाटर झरेर सोतर भएको छ।

    पकेट क्षेत्रका कृषक मारमा !

    भेरी नगरपालिकाले पकेट क्षेत्र घोषण गरेर अनुदानमा बीउ वितरण गरी कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यमा टमाटरमा देखिएको समस्याले अवरोध गरेको छ।

    त्यस्तै अन्य फलफूल तथा तरकारी बालीमा पनि यो रोग सरेमा थप समस्या आउने कृषक बताउँछन्। पछि आउने समस्या हल गर्न सरोकारवाला निकाय चनाखो नहुने हो भने थप आर्थिक क्षति हुने आँकलन कृषकको छ।

    आँप, अनार, अङ्गुर, लिचीको उत्पादनका लागि वडा नं ३, ४ र १० को भुरचौर, फेरा तथा वडा नं १३ को कुदुलाई पकेट क्षेत्र मानेर उत्पादनका काम भइरहेको छ।

    त्यस्तै कागती, सुन्तलाका लागि वडा नं २ को पोख्रा, रिसाङ, ३ र ४ को सदरमुकाम, वडा नं ५ को पुम्ना, ६ को भ्यारे, वडा नं १० को नुवागाउँ पकेट क्षेत्र मानिएको छ।

    तरकारीका लागि वडा नं १ को पिपे, कालेगाउँ, वडा नं २ को रिसाङ, तिलिगे, बाहुन, वडा नं ६ को भ्यार्रे, वडा नं ५ को इवर, वडा नं ६ को मटेला, कास्तरा, वडा नं १० को रावतगाउँ, आली, बाल्देतरालाई विशेष क्षेत्र मानिएको छ।

    कोरोनाका कारण अन्य आर्थिक उर्पाजनको काम गर्न नपाएका कृषक कृषि क्षेत्रमा पनि रोगले सताउँदा समस्या भएको बताउँछन्। रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...