News Portal

सर्वत्र विरोधपछि गृहमन्त्रालयले दियो पूर्वराजालाई काठमाडौं फर्किने पास

हिमाली संचार संवाददाता
४४३ पटक
२०७७ जेठ २, शुक्रवार

काठमाडौं – सर्वत्र विरोधपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्किने पास दिएको छ। पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिएका थिए।

तर, पास गृहले खारेज गरेपछि प्रशासनले पुन:पासका लागि गृहसँग अनुमति मागेको थियो। बिहीबार पूर्वराजालाई काठमाडौं आउन पास नदिइएको भन्दै सामाजिक सञ्जालमा नेपाल सरकारको व्यापक आलोचना भएको थियो। 

यसपछि, शुक्रबार जिल्ला प्रशासन कार्यालयले इमेलमार्फत पुनः गृहमन्त्रालयलमा निवेदन पठाएर पूर्वराजा र कोमल शाहसहित पाँच जनाको सवारी पास जारी गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन्। 

पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका प्रजिअ रानाले बताए।  

प्रतिकृया दिनुहोस्

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...