News Portal

सर्वत्र विरोधपछि गृहमन्त्रालयले दियो पूर्वराजालाई काठमाडौं फर्किने पास

हिमाली संचार संवाददाता
४२१ पटक
२०७७ जेठ २, शुक्रवार

काठमाडौं – सर्वत्र विरोधपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्किने पास दिएको छ। पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिएका थिए।

तर, पास गृहले खारेज गरेपछि प्रशासनले पुन:पासका लागि गृहसँग अनुमति मागेको थियो। बिहीबार पूर्वराजालाई काठमाडौं आउन पास नदिइएको भन्दै सामाजिक सञ्जालमा नेपाल सरकारको व्यापक आलोचना भएको थियो। 

यसपछि, शुक्रबार जिल्ला प्रशासन कार्यालयले इमेलमार्फत पुनः गृहमन्त्रालयलमा निवेदन पठाएर पूर्वराजा र कोमल शाहसहित पाँच जनाको सवारी पास जारी गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन्। 

पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका प्रजिअ रानाले बताए।  

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...