News Portal

गृहमन्त्रालयले पूर्वराजाको काठमाडौं जाने अनुमति खारेज गर्यो

हिमाली संचार संवाददाता
६८० पटक
२०७७ जेठ १, बिहिवार

काठमाण्डौ। पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउनका लागि पास सिफारिस गर्न झापा प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति मागे पनि प्रकृया नपुगेपछि गृहमन्त्रालयले खारेज गरेको छ।

बिहीबार पूर्वराजा शाहले काठमाडौं जाने पासका लागि निवेदन गरेका थिए। प्रशासनले पास जारी गरेपनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

‘उहाँले आज पासको लागि निवेदन गर्नुभएको थियो। हामीले जारी गरिदियौं तर केही बेरमा प्रकृया नपुगेको भन्दै गृहले खारेज गरेको हो,’ प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने, ‘अहिले फेरि हामीले गृहसँग अनुमति लिदैँछौं।’

नोवेल कोरोना भाइरसका कारण मुलुकभर लकडाउन भएपछि पास जारी गर्न प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति लिन पर्ने व्यवस्था छ। सोही अनुसार प्रकृया नपुगेपछि गृहले खारेज गरिदिएको थियो। प्रशासनले पुन: गृहसँग अनुमति लिन प्रकृया थालिसकेको उनले बताए।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...