News Portal

बलराम पुनको तिजको कोसेली “तिज आयो” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१४३६ पटक

राजु बोहरा/काठमाडौँ – जब बर्ष दिनको चाड तीज आउँछ, तब हरेक बिबाहित नारीहरुले आफ्नो माइती घर गएर आफ्ना बर्षदिन भरिको थकाई मेट्दै आमा बाबा दाजु भाई संगै रहेर यो पर्ब मनाउने सोचमा हुन्छन् ।  तर यहाँ एक चेलीलाई आफ्नो श्रीमानले तीज पर्ब मान्न माइती जान नदिएको भावमा एक गीत सार्बजनिक भएको छ । लोक भनेको समाज हो, र समाजको घटना परिघटनालाई केन्द्रित गर्दै कुनै पनि लोक तथा दोहोरी गीतहरु बजारमा आउने गर्दछन् ।

हो यस्तै सामाजिक यथार्थतालाई यति बेला कलाकार बलराम पुनले आफ्नै लय तथा शब्द सृजनामा तीज सांगीतिक कोसेली “तीज आयो” मार्फत छर्लंग उतारेका छन् । निरु श्रीष मगरको कर्णप्रिय स्वर लहरिले सजिएको यस गीतको म्युजिक भिडियोमा रिना थापा मगर, सपना ढेंगा, नरेन्द्र पुन, सिता भट्टराई, र संगीत रेशमी मगरको मन छुने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सुमन थापा मगरले गरेका हुन् भने छायांकन मनोज चौहान मगर र सम्पादन प्रबिण रेशमी मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=iuQjNPLoTwM&feature=youtu.be

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...