News Portal

यूएईले भन्यो – नेपालीलाई काठमाडौं ल्याइदिन्छौ अनुमति देउ

हिमाली संचार संवाददाता
६७४ पटक
२०७७ बैशाख २९, सोमवार

काठमाडौं – नेपाल सरकारले  अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन्। यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै  सरकारलाई पत्र नै पठाएको छ।

संसद राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो जानकारी दिएका हुन्।  परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार यूएईले ‘दुई वटा विमान आउने जानकारी सहितको पत्र पठाएको छ। परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सरकारले तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था नभएको बताए। 

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८ सय ७१ जना तुरुन्तै नेपाल फर्काउनुपर्ने अवस्था रहेको छ। विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५ सय ३० नेपाली स्वदेश फर्किन चाहेका छन्।

भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन्। ‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा सरकारको तयारी अघि बढेको छ,’ उनले भने। भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गरेपछि नेपालको सीमामा आउने संख्या बढ्ने उनले बताए। ‘त्यसले अहिलेको अवस्थामा उलटफेर ल्याइदिन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसको लागि नेपालले थप तयारी गर्नुपर्ने हुन्छ।’

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार यो समयमा विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता नेपाल सरकारसँग छैन। ‘भारतमा रहेका सबै नेपाली आउनुभयो भने गाह्रो हुने समेत बताए। भारतका सिमानामा अलपत्र परेका नागरिकको व्यवस्थापनका लागि गृह मन्त्रालयले तयारी गरिरहेको छ। ‘आजभोलि नै यो विषय टुगोमा पुगिने समेत बताएको हो। रासस

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...