News Portal

यूएईले भन्यो – नेपालीलाई काठमाडौं ल्याइदिन्छौ अनुमति देउ

हिमाली संचार संवाददाता
६३४ पटक
२०७७ बैशाख २९, सोमवार

काठमाडौं – नेपाल सरकारले  अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन्। यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै  सरकारलाई पत्र नै पठाएको छ।

संसद राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो जानकारी दिएका हुन्।  परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार यूएईले ‘दुई वटा विमान आउने जानकारी सहितको पत्र पठाएको छ। परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सरकारले तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था नभएको बताए। 

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८ सय ७१ जना तुरुन्तै नेपाल फर्काउनुपर्ने अवस्था रहेको छ। विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५ सय ३० नेपाली स्वदेश फर्किन चाहेका छन्।

भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन्। ‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा सरकारको तयारी अघि बढेको छ,’ उनले भने। भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गरेपछि नेपालको सीमामा आउने संख्या बढ्ने उनले बताए। ‘त्यसले अहिलेको अवस्थामा उलटफेर ल्याइदिन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसको लागि नेपालले थप तयारी गर्नुपर्ने हुन्छ।’

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार यो समयमा विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता नेपाल सरकारसँग छैन। ‘भारतमा रहेका सबै नेपाली आउनुभयो भने गाह्रो हुने समेत बताए। भारतका सिमानामा अलपत्र परेका नागरिकको व्यवस्थापनका लागि गृह मन्त्रालयले तयारी गरिरहेको छ। ‘आजभोलि नै यो विषय टुगोमा पुगिने समेत बताएको हो। रासस

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...