News Portal

राजधानीमा खोटाङगे जनतालाई राहत वितरण गर्दै सांसद भट्टराई

हिमाली संचार संवाददाता
३९९ पटक
२०७७ बैशाख २९, सोमवार

काठमाण्डौ। लकडाउनका कारण काठमाण्डौमा खाधन्न सामाग्रीका कारण अप्ठ्यारामा परेका खोटाङका सर्वसाधारण जनताका लागि प्रतिनिधि सभाका सदस्य सांसद विशाल भट्टराईले खाधन्न सामाग्री काठमाण्डौमा वितरण गरिरहेका छन् ।

सांसद भट्टराईले ‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानअन्तर्गत लकडाउनमा परेर काठमाडौँमा बिचल्ली परेका खोटाङ्गे जनतालाई भोकै हुन नदिन उनीहरुको कोठामै राहत पुर्‍याएको सांसद भट्टराईले बताए । ‘लकडाउनका कारण कोही खोटाङ्गे जनता भोकै बस्नु पर्दैन’, उनले भने, “समस्या भयो भने मलाई यो नम्बर ९८५१०६०२८८ मा फोन गर्नुस् । म तपाईँको कोठामै राहत सामग्री लिएर आउने छु ।’

सांसद भट्टराईका अनुसार विभिन्न कामको सिलसिलामा जिल्लाबाट काठमाडौँ आएर बसोबास गर्दै आएका जिल्लावासी कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका कारण जिल्ला फर्कन नपाएर काठमाण्डौमा अलपत्र परेका जनताहरु  भोकै बस्न नपरोस् भन्दै सांसद भट्टराई खाद्यान्नसहित जनताको कोठामै पुगेर राहत सामग्री वितरण गरिरहेका हुन् ।

समाजिक संजालमा सक्रिय सांसद भट्टराई प्रचार प्रसार नगरी केही दिनदेखि काठमाडौँमा रहेका विद्यार्थी, मजदुर, अपाङ्ग र असहाय नागरिकलाई अभियानकै रुपमा राहत सङ्कलन गरेर वितरण गरिरहेको सांसद भट्टराईले बताए । आफूले प्रचारमुखी नभइ लकडाउनको मारमा परेका जिल्लावासीलाई थोरै भए पनि सहयोग गर्ने उद्देस्यले राहत वितरण गरेको सांसद भट्टराईको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...