आज : २०२६-०६-१६, मङ्गलबार

सिंहदरबार गेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप

काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गरेका छन्।

प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए। चिनियाँ नागरिक र प्रहरीबीच भएको झडपमा एकजना डीएसपी घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी गराए।

एसएसपी ज्ञवालीका अनुसार अहिले त्यसक्षेत्रमा परिसरबाट थप प्रहरी पठाइएको छ। यसअघि पनि उनीहरुले स्वदेश फिर्ता जान पाउनुपर्ने भन्दै दूतावाससँग आग्रह गरेका थिए।