News Portal

पार्टी बचाउन गणेशमान र किसुनजी बन्न सक्नुपर्छ : नेकपा प्रवक्ता श्रेष्ठ

हिमाली संचार संवाददाता
४७२ पटक
२०७७ वैशाख २५, बिहीवार

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बचाउन जस्तोसुकै भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीभित्रको विवाद साम्य नभएपछि प्रवक्ता श्रेष्ठले पार्टी फुटलाई मात्रै होइन, विर्सजनलाई समेत बचाउने दायित्व आएको ट्विटमा उल्लेख गरेका छन्।

पार्टी बचाउनका लागि पार्टी परित्याग गरेको विगतको इतिहासको समेत स्मरण गरे। ‘गणेशमानजी र किसुनजीले नेपाली कांग्रेस एक राख्न पार्टी परित्याग सम्म गर्नुभयो। त्यो कदम ठीक थियो कि थिएन, बहस होला,’ उनले लेखेका छन्।

नेपाली कांग्रेसका तत्कालीन नेताद्वयले गरेको कार्यको उच्च मूल्यांकन गर्दै त्यागको उत्कर्षको संज्ञा दिए। नेकपाभित्र पनि पार्टी बचाउनका लागि जुनसुकै त्याग पनि गर्नसक्नुपर्ने नेता/कार्यकर्तालाई सुझाए।

पार्टीभित्र विवाद भएपछि कांग्रेस नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जीवनको उत्तारार्द्धमा कांग्रेस परित्याग गरेका थिए। तर, दुवै नेता अन्य दलमा भने लागेनन्।

पार्टी सुध्रियोस् भनी परित्याग गरेको कांग्रेसको त्याग सम्झाउँदै नेता श्रेष्ठले लेखेका छन्, ‘हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनुपर्छ।’

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...