News Portal

पार्टी बचाउन गणेशमान र किसुनजी बन्न सक्नुपर्छ : नेकपा प्रवक्ता श्रेष्ठ

हिमाली संचार संवाददाता
५०६ पटक
२०७७ वैशाख २५, बिहीवार

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बचाउन जस्तोसुकै भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीभित्रको विवाद साम्य नभएपछि प्रवक्ता श्रेष्ठले पार्टी फुटलाई मात्रै होइन, विर्सजनलाई समेत बचाउने दायित्व आएको ट्विटमा उल्लेख गरेका छन्।

पार्टी बचाउनका लागि पार्टी परित्याग गरेको विगतको इतिहासको समेत स्मरण गरे। ‘गणेशमानजी र किसुनजीले नेपाली कांग्रेस एक राख्न पार्टी परित्याग सम्म गर्नुभयो। त्यो कदम ठीक थियो कि थिएन, बहस होला,’ उनले लेखेका छन्।

नेपाली कांग्रेसका तत्कालीन नेताद्वयले गरेको कार्यको उच्च मूल्यांकन गर्दै त्यागको उत्कर्षको संज्ञा दिए। नेकपाभित्र पनि पार्टी बचाउनका लागि जुनसुकै त्याग पनि गर्नसक्नुपर्ने नेता/कार्यकर्तालाई सुझाए।

पार्टीभित्र विवाद भएपछि कांग्रेस नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जीवनको उत्तारार्द्धमा कांग्रेस परित्याग गरेका थिए। तर, दुवै नेता अन्य दलमा भने लागेनन्।

पार्टी सुध्रियोस् भनी परित्याग गरेको कांग्रेसको त्याग सम्झाउँदै नेता श्रेष्ठले लेखेका छन्, ‘हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनुपर्छ।’

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...