News Portal

मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती र उभौलीको शुभकामना

हिमाली संचार संवाददाता
५७८ पटक
२०७७ बैशाख २५, विहिबार

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना दिएका छन्। 

मुख्यमन्त्री राईले एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना दिएका हुन्। 

गौतमबुद्ध विश्व शान्तिका अग्रदूत बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेका छन्। शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ। बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने मेरो विश्वास छ, मुख्यमन्त्री राईले जारी गरेको सन्देशमा भनिएको छ।

त्यस्तै, किरात समुदायले मनाउने उभौली जस्ता चाडले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको मुख्यमन्त्रीले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको छ। साथै, यस प्रकारका मौलिक साँस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्‍भाव सुमधुर बनाउन सहयोग समेत गरेका छन्।

यस वर्ष विश्वभर फैलिएको कोरोना भाइरस कोभिड-१९ का कारण यी चाडपर्व खुला र भव्य रुपमा मनाउन सम्भव भएन। अतः यो भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन मुख्यमन्त्री राईले विशेष सतर्कता अपनाउन समेत अनुरोध गरेका छन्।

धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्‍न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्‍भावलाई दीगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको कर्तव्य हो।

चाडपर्वले नेपालका सवै जातजाती, एकतावद्ध भै आपसी सद्‍भाव तथा भातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड-१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु, शुभकामना सन्देशमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...