आज : २०२६-०७-११, शनिबार

गजल – आजकलका नेताहरु यस्तै हुन्छन्

जसको सत्ता आए पनि अत्याचार हुन्छ अचेल,
गरीब निमुखालाई महङ्गीको भार हुन्छ अचेल।

बिकास बजेट त आफ्नालाई पढाउदैमा ठिक्क,
नेताको यस्तै-यस्तै चालाले दिग्दार हुन्छ अचेल।

हिजोअस्ती सम्म गाउँमा चप्पल नलाको नेताको,
शहर छिरेपछि हेर्नुस् महँगो कार हुन्छ अचेल।

सोझा सिधा जनतालाई त झुक्याएर चुनाबमा,
उनिहरु बस्ने ठुला-ठुला दरबार हुन्छ अचेल।

बलात्कारी र घुसखोरीलाई बचाउनको निम्ति,
आफ्नै मान्छेहरुबाट नै काटमार हुन्छ अचेल।।

दुर्गा श्रेष्ठ
सिन्धुपाल्चोक।