News Portal

बाराको दसगजा क्षेत्रमा किन झडप ?दुवै देशका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा गरे

हिमाली संचार संवाददाता
५३० पटक

बारा -भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली नागरिकमाथि हातपात गरेपछि बाराको सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका एसएसबीका जवानले विश्रामपुर गाउँपालिका–४ का स्थानीय वासिन्दालाई सोमबार हातपात गरेपछि मंगलबार भएको हो ।

यद्यपि, मंगलबार दिनभरको प्रयासपछि विवाद साम्य भएको छ ।  सोही विषयलाई लिएर दुवैतर्फका बासिन्दासमेत सीमा क्षेत्रमा जम्मा भई झडपमा उत्रिएका थिए । सो क्रममा १०/१२ जना घाइते भएको विश्रामपुर गाउँपालिकाका मेयर अमिरीलाल राउतले रातोपाटीलाई जानकारी दिए । ‘दुवैतर्फ गरी १०/१२ जना सामान्य घाइते भएको सुनेको छु,’ उनले भने, ‘लकडाउनको समय छ, भिडभाडमा निस्कने कुरा पनि भएन, प्रहरीले घटना साम्य भइसक्यो भन्ने जानकारी दिएको छ ।’

उनका अनुसार दुवै देशका सुरक्षा अधिकारी घटनास्थलमा पुगेर आ–आफ्ना देशका नागरिकलाई सम्झाउँदै स्थिति नियन्त्रणमा लिएका हुन् । लकडाउनको समयमा सीमा क्षेत्रमा आवतजावत कडाइ भएपछि तस्करहरुलाई उकासेर झडप हुने गरेको बताइन्छ । घटनास्थलमा पुगेको प्रहरी स्रोतले जनाएअनुसार नेपालबाट भारततिर मदिरा ओसार्ने र भारततिरबाट नेपालतर्फ विभिन्न उपभोग्य वस्तु ओसार्ने समूहले केही दिनदेखि सो क्षेत्रमा अस्थिरता मच्चाउन खोजेको छ ।

‘उता.(भारत)का एकजनाले यता (नेपाल)का एक जनालाई तरकारी दिन्छु आइज भनेर बोलाएको भन्ने कुरा आयो’ प्रहरी स्रोतले भन्यो, ‘लकडाउनको समयमा सीमामा आवतजावत बन्द गरिएका कारण नेपालतिरबाट ती मान्छे उता जानेबित्तिकै एसएसबीले रोक्न खोज्दा भनाभन भएपछि सामान्य बल प्रयोग गरेर फर्काएको भन्ने कुरा आयो ।’

सोही घटनालाई लिएर मंगलबार बिहानैदेखि सीमा क्षेत्रमा तनाव भएको ती प्रहरीले रातोपाटीलाई जानकारी दिएको छ । सामान्य विवाद भए पनि कोरोना संक्रमणका कारण सर्वत्र सन्त्रास भएको समयमा यस्ता घुसपैठले अनेक आशंका हुने भएपछि दुवैतर्फका स्थानीयबासी नै आपसमा झडपमा उत्रिएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...