News Portal

बाँकेमा विशेषज्ञ टोली परिचालन गर्न नेपाली कांग्रेसको माग

हिमाली संचार संवाददाता
५२१ पटक
२०७७ वैशाख २३, मंगलबार

काठमाडौँ – बाँकेमा एकैदिन १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएपछि कांग्रेसले परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्तिमार्फत बाँके क्षेत्रलाई उच्च सतर्कताका साथ लिन आग्रह गर्दै यथेष्ट स्वास्थ्य सामग्री उपलब्ध गराउनसमेत माग गरेका छन्।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेरै बाँके जिल्लामा विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्न आग्रह गरेका हुन्।

‘संक्रमितहरू अरू थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुन सक्ने भएकाले उनीहरूको तत्काल खोजी गरी परीक्षण गर्न र थप संक्रमण फैलिन नदिन आग्रह गर्छु’ खाँणले भनेका छन्।

रूपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ मा भारतबाट आएका युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको उल्लेख गर्दै खाँणले संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिन पनि आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...