News Portal

गजल – माैनता नै ठूलाे हतियार हुन सक्छ !

हिमाली संचार संवाददाता
८३६ पटक

आमा के यहाँ चुप लाग्नुकाे अर्थ हार हुन सक्छ ?
होइन माैनता नै ठूलाे हतियार हुन सक्छ।

बादलमा ओगाे सल्काई, सपना तरङ्गित पारी,
हँसाउन सक्यो भने सायद त्याे प्यार हुन सक्छ।

काँडा पनि यति मख्ख छ फूलसंग आजभोलि,
आफू फूलभन्दा नि फूल हुनु अहंकार हुन सक्छ।

आमा भन्नुहुन्छ गाउँ पठाऊ बिरामीलाई !
मेरो यो काख नै हरेक राेगकाे उपचार हुन सक्छ।

भिखारी हरेक रात यै साेंचेर निंदाउने गर्छ,
मृत्युबाट अवश्य नै भाेककाे उद्दार हुन सक्छ।।

✍️सृजना देवकोटा
सल्यान

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...