News Portal

कोपिलाका तीन मुक्तक

हिमाली संचार संवाददाता
४२१ पटक

मुक्तक – (१)

हुन त हुन्थ्यो नि, ती दिन फर्केर आए।
एक रात जूनसंग कुरा गरेर बिताए।
तस्वीरमैं भएता पनि कस्तो हुँदो हो ?
झुक्किएर संगसंगै उभिन पाए।।

मुक्तक – (२)

आफै बुनेर जाल, आफै अल्झिनु त हो।
खाटा बसेको घाउ, सायद बल्झिनु त हो।
यो याद भन्ने कुरो पनि के रहेछ र ?
सम्झिनु, बिर्सिनु फेरि सम्झिनु त हो।।

मुक्तक – (३)

गालाको कोठी र ओंठको तिलमा बस।
आएर गजलको महफिलमा बस।
सुँहाउँदो त नहोला गरिबको झुप्रो।
आउ निर्धक्क यो मेरो दिलमा बस।।

– खगेन्द्र गिरि “कोपिला”
आदर्श मार्ग, नेपालगंज-१ बाँके

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...