News Portal

कोपिलाका तीन मुक्तक

हिमाली संचार संवाददाता
४६८ पटक

मुक्तक – (१)

हुन त हुन्थ्यो नि, ती दिन फर्केर आए।
एक रात जूनसंग कुरा गरेर बिताए।
तस्वीरमैं भएता पनि कस्तो हुँदो हो ?
झुक्किएर संगसंगै उभिन पाए।।

मुक्तक – (२)

आफै बुनेर जाल, आफै अल्झिनु त हो।
खाटा बसेको घाउ, सायद बल्झिनु त हो।
यो याद भन्ने कुरो पनि के रहेछ र ?
सम्झिनु, बिर्सिनु फेरि सम्झिनु त हो।।

मुक्तक – (३)

गालाको कोठी र ओंठको तिलमा बस।
आएर गजलको महफिलमा बस।
सुँहाउँदो त नहोला गरिबको झुप्रो।
आउ निर्धक्क यो मेरो दिलमा बस।।

– खगेन्द्र गिरि “कोपिला”
आदर्श मार्ग, नेपालगंज-१ बाँके

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...