News Portal

नेविसंघको ५१औं स्थापना दिवसमा अध्यक्ष लामाको शुभकामना

हिमाली संचार संवाददाता
७७४ पटक
वैशाख ७, २०७७ आइतबार

काठमाडौं – नेपाली कांग्रेस (वीपी) पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष अन्जान लामाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५१ औं स्थापना दिवसको अवसरमा शुभकामना दिएका छन्।

अध्यक्ष लामाले लकडाउनका कारण कुनै औपचारिक कार्यक्रम गर्न सम्भव नभएकाले फेसबुकका माध्यमबाट नै सम्पूर्ण विद्यार्थीलाई एकजुट हुन समेत आव्हान गरेका छन्।

उनले “राष्टियता, प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकता आजको आवश्यकता” भन्दै सबैलाई यही अभियानमा सक्रिय रहन पनि आग्रह गरेका छन्।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका लामाले नेविसंघले विपी कोइरालाले आत्मसात गरेको विचारलाई फैलाएर आजको आवश्यकता रहेको र आफुहरु त्यही अभियानमा लागेको पनि जनाएका छन्।

लामाले विद्यार्थीको हक अधिकारका लागि लाग्न पनि आव्हान गरेका छन्। नेविसंघले विभिन्न जिल्ला समिति तथा अन्य कमिटी गठन गरेर संघलाई विकसित र संगठित गर्दै आएको जनाएको छ।

नेपाली कांग्रेसको राजनीतिमा लामो समयसम्म सक्रिय रहेका उनी पछिलो समयमा कांग्रेसले आफ्नो विचार र सिद्धान्त छोडेको भन्दै नेपाली कांग्रेस (विपी)मा प्रवेश गरेका थिए। २०२७ साल बैशाख ६ गते विपिन कोइरालाको अध्यक्षतामा नेविसंघको गठन भएको थियो।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...