News Portal

नेविसंघको ५१औं स्थापना दिवसमा अध्यक्ष लामाको शुभकामना

हिमाली संचार संवाददाता
८२७ पटक
वैशाख ७, २०७७ आइतबार

काठमाडौं – नेपाली कांग्रेस (वीपी) पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष अन्जान लामाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५१ औं स्थापना दिवसको अवसरमा शुभकामना दिएका छन्।

अध्यक्ष लामाले लकडाउनका कारण कुनै औपचारिक कार्यक्रम गर्न सम्भव नभएकाले फेसबुकका माध्यमबाट नै सम्पूर्ण विद्यार्थीलाई एकजुट हुन समेत आव्हान गरेका छन्।

उनले “राष्टियता, प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकता आजको आवश्यकता” भन्दै सबैलाई यही अभियानमा सक्रिय रहन पनि आग्रह गरेका छन्।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका लामाले नेविसंघले विपी कोइरालाले आत्मसात गरेको विचारलाई फैलाएर आजको आवश्यकता रहेको र आफुहरु त्यही अभियानमा लागेको पनि जनाएका छन्।

लामाले विद्यार्थीको हक अधिकारका लागि लाग्न पनि आव्हान गरेका छन्। नेविसंघले विभिन्न जिल्ला समिति तथा अन्य कमिटी गठन गरेर संघलाई विकसित र संगठित गर्दै आएको जनाएको छ।

नेपाली कांग्रेसको राजनीतिमा लामो समयसम्म सक्रिय रहेका उनी पछिलो समयमा कांग्रेसले आफ्नो विचार र सिद्धान्त छोडेको भन्दै नेपाली कांग्रेस (विपी)मा प्रवेश गरेका थिए। २०२७ साल बैशाख ६ गते विपिन कोइरालाको अध्यक्षतामा नेविसंघको गठन भएको थियो।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...