News Portal

गजल

हिमाली संचार संवाददाता
६०७ पटक

ए ! जून ! तिमी नि ! मुस्कुराउँदै आऊ अब,
काला, ती बादलमा, ज्योति छाऊ अब !

चम्किएर लाखौँ तारा, धरतीमा के भो ?
को महल चढ्ने, केवल त्यही दाउ अब !

पारी चकनाचुर सपना, उड्दै चीलहरु !
हुँदैनन् निको, उत्पीडनका घाउ अब !

“साइलेन्ट किलर”न हुन, हाम्रा धरोहर !
बन्दैछन् कोरोना,क्यान्सरका बाउ अब !

उठ, हटाऊँ कालो बादल, ए ! जून तिमी !
निष्पट्ट ती विचारमा,ज्योति छाऊ अब !

बगिरहेछ युग, इन्द्रावती झैँ भाव बोकी !
अबोला ! छोड मोल्न, सामन्त पाउ अब !

चढाउन परे, चढाऊ बरु, आहुती जीवन !
फाटे मन, विभेदले, सद्भाव छाऊ अब !!

✍️- महिमा शर्मा
ललितपुर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...