News Portal

धरान प्रवेश गर्ने सबै नाकामा सुरक्षाकर्मी, थर्मलगनसहितको स्वास्थ्यकर्मी खटाइने

हिमाली संचार संवाददाता
४७८ पटक
०६ बैशाख, २०७७

धरान : धरान प्रवेश गर्ने सबै नाकाहरुमा अब सुरक्षाकर्मीसंगै ज्वरो नाप्ने थर्मलगन सहितको स्वास्थ्यकर्मी समेत परिचालन गरिने भएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको हुदा अन्य पालिकाहरुबाट बिरामीहरू ल्याइने हुँदा, अन्य पालिकाहरू भन्दा कोरोनाको उच्च जोखिम भएको हुँदा धरान प्रवेश गर्ने सबै नाकाहरूमा सुरक्षाकर्मी सहितको स्वास्थ्यकर्मी पनि खटाइने भएको हो।

धरान प्रवेश गर्ने सबै नाकाहरुमा स्वास्थ्यकर्मी खटाउने विषयमा धरान उपमहानगरपालिकाले संघीय सांसद, प्रदेशसभाका सभासद् सहित संधीय तथा प्रदेश सभाका सांसदहरूलाई लकडाउन अवधिभरिको कामको विषयमा छलफल भएको थियो।

धरान उपमहानगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि गरिरहेको प्रयास, राहत वितरण तथा संकलन, लकडाउन र सुरक्षा सेवाको बारेमा प्रदेश सरकारलाई बुझाएकोमा सोही जानकारी सांसदहरूलाई गराएको हो।

धरानमा लकडाउनको समयमा पनि धरान बाहिरबाट मानिसहरूको आउजाउ हुने भएकोले धरान प्रवेश गर्ने सबै नाकाहरूमा सुरक्षाकर्मीसंगै स्वास्थ्यकर्मी पनि परिचालन गरी ज्वरो नाप्ने थर्मलगनले प्रत्येक व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्रै धरान प्रवेश गर्न दिने भएको छ। 

धरानमा थर्मलगन नभएकोले स्वास्थ्य मन्त्रालयबाट आपूर्ति अनुरोध गर्ने गरी छलफल भएको प्रतिनिधिसभाका सदस्य मीन विश्वकर्माले जानकारी दिएका छन्।

लकडाउनको बेलामा अत्यावश्यक बस्तु खाद्यान्न, तरकारी र दूधको गाडीलाई निर्बाध हिड्न दिने, धरानमा भइरहेको राहत वितरणको पहिलो चरण सकिएको छ। दोस्रो चरणको राहतलाई कसरी व्यवस्थापन गर्ने ?

राहतलाई सहज बनाउनका लागि धरान उपमहानगरपालिकामा आएको सामाजिक विकास सम्बन्धीको बजेटलाई रकमान्तर गर्ने र यदि यसो गर्दा पनि अपुग भएमा प्रदेश सरकार र संधीय सरकारसँग पनि सहयोगका लागि अनुरोध गर्ने छलफल भएको छ।

धरानमा लकडाउनको समयावधिमा धरान उपमहानगरपालिका र प्रहरीबिचको सम्बन्ध अझ मजबुत बनाउनुपर्ने अवस्था देखिएका हुदा प्रमुख जिल्ला अधिकारी सहितको बैठक बस्ने पनि छलफल भएको छ।

धरानका राहत वितरणका सम्बन्धमा सांसद मीन विश्वकर्माका अनुसार धरान उपमहानगरको २५ लाख राहतकोषसँगै विभिन्न संधसंस्था, सर्वसाधरणहरुको नगद तथा जिन्सी सहयोग कोषमा करिब ६० लाख पुगेको जानकारी दिएको छ। धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सबै सभासदहरुलाई विपतको बेलामा सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...