News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • “मनको उल्झन”

    हिमाली संचार संवाददाता
    ४१३ पटक
    वैशाख ०१, २०७७ सोमबार

    सधैं जिस्क्याइरहने गर्छ सबिनले। साबिनाले उसको कुरालाई कहिल्यै पनि सिरियस लिएकी थिइनँ। उसको कुरा सुन्दा धकाउँथी सबिना तर सुन्दा रमाइलो लागिरहन्थ्यो। देख्दा चुलबुले देखिए पनि भित्री रुपमा गम्भीर स्वभाव थियो उसको। सधैंको कुरा गराईमा ध्यान नदिए पनि उसको एकदिनको कुराले भने अचम्मित बनायो सबिनालाई। सोच्न थालि भेट भएको दिनदेखिका सबै कुरा। केलाउन थालि एकएक शब्दलाई। बेलाबेलामा झस्कन्छे पनि अहिलेसम्म।
    फेरि मनमा आउँछ – “आ होस् ! के अचम्ममा पर्नु? यी लोग्नेमान्छेको जात यस्तै हो, स्वास्नीमान्छे देखेपछी एकछिनको लागि संसार नै बिर्सन्छन्”।
    यस्तैयस्तै सोच्दै हतारहतार तयार भएर निस्कीई उ। पाहुना छन् साथमा। उनीहरुलाई घुमाउन हिंडेकी हो उ। आफ्नो ठाउँ देखाउनु छ। त्यहाँको सुन्दरता बर्णन गर्नु छ। आफ्नो ठाउँको अनि मनोरम दृश्य चिनाउनु छ। पाहुनासंग बोलिरहे पनि मनमा भने त्यही सबिनका कुरा खेलिरहेका छन्।
    सिङ्ताम बजार उछिनेर तिस्ता नदि पार गरेपछि खाजा खाने ठाउँमा गाडी रोकियो। अरु खाजा खानतिर लागे, सबिना भने फोनतिर लागी।
    “हेल्लो सबिन!”
    “हेल्लो सबिना ? ” उताबाट आवाज आयो।
    “के छ खबर? सन्चै छौ?”
    वार्ता अघि बढ्यो।
    “बेलुका निकै पियौ क्या हो?”
    “बेहोशी पारामा कुरा गर्दै थियौ नि?”
    “अरे म कहिल्यै पिउँदिन” सफाई दिन थाल्यो उ।
    “नपिए कसरी आउँछ त त्यस्तो बोल्न ”
    ” अँ पिउनु पर्दो हो मैले तिमीलाई त्यति भन्न पनि? साँच्चै मैले भनेको तिमी किन पत्याउँदिनौ?” सबिनाको कुराले सबिना छाँगाबाट खसे झै हुन्छे धेरै बोल्न सक्दिन। के बोलुँ के बोलुँ जस्तो भयो।
    “हस अहिले फोन राखे है सबिन, म पाहुना हरुलाई घुमाउन लादै छु। नाम्ची चारधाम बुद्धपार्क, भरे कुरा गरौं है”।
    “हुन्छ बाई” सबिनले फोन काटिहाल्यो।
    सबिनालाई खाजा खाने मन थिएन मानौं एक प्रकारको चिन्ता जस्तै बढ्यो। सधैं ठट्टाको रुपमा लिने मान्छे आज भने सोच्न बाध्य भएकी छ उ।
    सिङ्तामबाट हिडेपछी आफ्नो मन पाहुनापट्टी लगाउन थाली उ। अलि माथी उक्लिएपछि तिमी टिगार्डेन आयो। क्षितिज भन्दा पर सेतो हिमाल देखियो। सारा हरिया पहाडका मनोरम दृष्य छरिए आँखा अगाडि। पाहुनाहरु पनि रमाउँदै फोटो खिच्दै आनन्द लिन लागे। सबिनाले त्यँहाको बर्णन गरी रहे सकुञ्जेल।

    परपरका हिमाली चुचुराहरु भुइंभरी सेतो कार्पेट ओछ्याएजस्तै देखिन्छन्। वरपर चारैतिर हेर्दा पनि देउराती पाखा पखेरा भरी हरियो दुबो ओछ्याएजस्तै लागिरह्यो। तिस्तानदि नीलो सर्पझै बगिरहेको देखिन्छ पहाडका कापकापको बिचबिचमा। पाहुनाहरू जुम गरेर ती दृश्यलाई क्यामरामा कैद गर्न उछिनपाछिन गर्न लागे। यात्रा सुस्त सुस्त अघि बढ्दैछ। बाटोमा देन्थाम बजार आयो। यो गाईको घिउ र अर्गानिक तरकारी पाइने ठाउँ हो।
    अगाडी बाटोबाट अलिअलि देखियो चारधामको शिवको मुर्ति। अलि पर पुगेपछी सांडुप्छे आयो। यतै हो बुद्धको ठुलो मुर्ती भएको ठाउँ। रोपवे भएको ठाउँमा एकछिन रोकियौं। त्यहाँबाट तलतिर नजर डुलायौं। तलतिरको भीर देखेर डराए सबैजना “आबुई आबुई”।
    पाहुनाहरु सबै तराईमा बस्ने मान्छे हुन्। पहाडका यस्ता दृष्यले तर्सिनु स्वभाविकै हो। सबिनालाई के तराई? के पहाड? सबैभन्दा ठूलो पहाडको बोकेकी छे मन भित्र। सबिनको कुरो कुनै पहाड भन्दा कम छैन।

    तैपनी पाहुनाहरुलाई बाटोका दृष्यहरु देखाउँदै छे सबिना। उ यताबाट जान्छ मुख्यमन्त्री चामलिङको घर। उ यो हो भाइचुग भोटियाले बनाएको स्टुडियम। यतापट्टि छ साईमन्दिर। एकोहोरो बोलिरहेकी छ उ तर कतैबाट टुप्लुक्क सबिन नै आइपुग्छ कि जस्तो अनुभूति भैरहन्छ उसलाई।
    बाटो वरपरका दृष्यहरु देखाउँदै पुगियो चारधाम। निस्फिक्री घुम्छन् वरपर। सुन्दर अनि सफा छ त्यँहा फूल उस्तै राम्रा छन्। आँखै तिर्मिर हुने वातावरण छ। बुद्ध पार्क झन् त्यस्तै सुन्दर देखिन्छ। एकैछिनमा कुहिरोले छ्याप्पै छोप्छ सारा पृथ्विलाई। एकैछिनमा फेरि खुल्छ। बुद्ध भगवानको दर्शन हुन्छ। फेरि छोप्छ। छिनछिनमै बदलिन्छ मौसम।
    सबिनाको मनमा भने अर्कै आँधी चलिरहेको छ। हुन सम्म भएको छ आज मनभित्र उथलपुथल। अब भेट्दा के भन्ने होला ? फोन आयो भने के भन्ने होला ? यस्तैयस्तै कुरा खेलाउँछन् मनमा। सधैं मजाक सम्झेर उडाउने सबिनालाई पर्नु पिर परेको छ आज।
    एक मनले भन्छ आवश्यकता त उसलाई पनि त छ मायाको। चाहना त उसलाई पनि छ एउटा माया गर्ने मान्छेको। रहर त छ कोही आओस् राजकुमार बनेर उसको जिन्दगीमा पनि।
    तर यी कुराहरु केवल सपना जस्तो लागिरहेको छ। उ पत्याउनै सक्दिन सबिनले माया गर्छ भनेर। हुन त उसको सधैं चासो गरिरहने मान्छे हो सबिन। कहाँ छौ? के गर्दै छौ? मुम्बईमा हुँदा पनि बारम्बार खबर लिईरहन्थ्यो, पटनामा भए पनी असममा भए पनि सबिना जता पुगे पनि ख्याल राखिरहने सबिनले माया गरेर नै त होला ? यस्तैयस्तै खेली रहे कुरा।

    फेरि आयो फोन सबिनको। फोनमैं भोलि दिउँसो १ बजे मन्दाकिनी फलमा भेटौं न है भनेर आग्रह गर्‍यो फेरि सबिनले। लामो कुरा गरेर आज प्रसङ्गलाई अन्त मोड्न सकिन उसले। “हुन्छ” निस्किहाल्यो मुखबाट। हलुंगो भयो मन उसको। कुनै गरुंगो भारी बिसाए जस्तो हलुंगो लागेर आयो।
    दिन भर पाहुनाहरुलाई घुमाएर साँझ थकित भएर फर्किई सबिना फेरि गान्तोक। भोलिपल्ट बिहानैदेखि छटपटी भइ रह्यो दुबैजनालाई। सल्लाह गरे अनुसार आई पुगे दुबैजना मन्दाकिनी फल। सयौं पटक हेरेको यो झरना आज अर्कैअर्कै लागिरहेको छ। केही नबोलेर निकै बेर मौन बसिरहे दुबै जना। मुटुको ढुकढुकिले भने वार्तालाप गरिरहे। अचम्म मान्दै छे सबिना। शंका पनि प्रेममा परिणत हुँदो रहेछ अचानक। मजाक मानेको कुरा पनि यथार्थ बन्दोरहेछ जीवनमा।
    झरनाको पानीजस्तै बगिरहे रहरहरु।

    राधा पाण्डे
    तादोङ, गान्तोक
    सिक्किम – भारत।

    प्रतिकृया दिनुहोस्

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...

    डलरको भाउ बढेको बढ्यै, यस्तो छ सटही दर

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक...

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...