News Portal

लकडाउन थप ८ दिन निरन्तरता दिने सरकारको निर्णय

हिमाली संचार संवाददाता
२५५ पटक
चैत्र १६, २०७६ काठमाडौं

आइताबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ। यस अधि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी गरेको एक साताको लकडाउनमा थप ८ दिन थप्ने निष्कर्ष निकालदै मन्त्रिपरिषदमा प्रस्ताव पठाउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले  लकडाउन निरन्तरता दिने निर्णय गरेको हो। 

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका निम्ति गत चैत्र ११ गत्ते मंगलवार देखि एक हप्ताका लागि मुलुकभर लकडाउन धोषणा गरेको थियो। यो लकडाउनको समयावधि चैत्र १८ गत्ते सकिदैछ।

सोही मितिदेखि थप ८ दिनका लागि कोरोना संक्रमणका खतरा रहेकाले लकडाउन निरन्तरता दिने निर्णय गरेको हो। नेपालमा अहिले सम्म ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...