News Portal

  • सुदुरपश्चिम प्रदेशकि मन्त्री भट्टले कर्मचारीसँग गरिन् यस्तो अस्वभाविक हर्कत

    हिमाली संचार संवाददाता
    ३५५ पटक

    कैलाली ०९, २०७६ चैत : सुदूरपश्चिम प्रदेश सरकारकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले मन्त्रालयका सचिव डा.दीपक कुमार खरालसँग अस्वभाविक कर्तुत गरेको पाइएको छ।

    मन्त्री भट्टले आफूले भने अनुसार काम नगरेको भन्दै सचिव खराललाई ज्यान मार्नेसम्मको धम्की दिएकी छन्। मन्त्रीले नै ज्यान मार्ने धम्की दिएपछि आफू असुरक्षित भएको भन्दै सचिव खरालले सुरक्षाको माग गर्दै प्रदेशका प्रमुख सचिवलाई निवेदन बुझाएका छन्।

    मन्त्रालयका हरेक निर्णयमा मन्त्री भट्टले नीति नियम मिचेर काम गर्ने गरेको र आफूलाई समेत दबाब दिने गरेको बताउँदै सचिव खरालले भनेका छन्, ‘मैले नीति नियममै रहेर काम गर्नभन्दा मन्त्रीज्यूले नै पेलेर काम गर्दै आउनुभएको थियो।

    गलत काम नगर्ने भनेर अडान लिँदा मन्त्री भट्टले कार्यकक्षमा बोलाएर दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको खनालको गुनासो छ। मलाई मन्त्रीज्यूले कार्यकक्षमा बोलाएर औंला ठड्याएरै जुनसुकै बेला जे पनि हुनसक्छ भन्दै धम्क्याउनुभयो,’ उनले भने।

    मन्त्रीले धम्की दिएपछि ज्यानको असुरक्षा बढेको भन्दै आफूले प्रमुख सचिवसमक्ष सुरक्षाको माग गर्दै निवेदन दिएको समेत खनालले बताए। मैले प्रमुख सचिव समक्ष निवेदन पेश गरेको छु,’ खनालले भने, ‘त्यसको बोधार्थ प्रमुख जिल्ला अधिकारीलाई पनि दिएको छु।

    कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले वन मन्त्रालयका सचिव खरालले जिल्ला प्रशासन कार्यालयमा असुरक्षा बढेको भन्दै बोधार्थपत्र पठाएको पुष्टि गरे।

    कसरी बढ्यो विवाद ?

    मन्त्रालयको छलफल तथा बैठकमा मन्त्री भट्टका नजिक मानिएका परमानन्द भट्ट सहभागी हुने गरेका थिए। मन्त्री, स्वकीय सचिव र मन्त्रालयका सचिव तथा कर्मचारी बसेर छलफल गर्दै गर्दा परमानन्द भट्ट बीचबीचमा बोल्दै सचिवलाई आफू अनुकूलको काम गर्न निर्देशन दिने गर्दथे।

    एक/दुई पटकको बैठक तथा छलफलमा सचिवले केही नबोले पनि पटकपटकको बैठकमा परमानन्द भट्टले सचिवलाई निर्देशन दिन थालेपछि सचिव खनालले ‘तपाईं को हो ?’ भनेर प्रश्न गरे। त्यत्तिकैमा मन्त्री भट्टले उनी आफ्नो सल्लाहकार भएको दाबी गरिन्।

    परमानन्द भट्टलाई मन्त्री भट्टले आधिकारिक रुपमा कुनै सल्लाहकारको नियुक्ति दिएकी छैनन्। त्यसपछि सल्लाहकारको प्रमाण के छ भनेर सचिव खरालले सोध्दा मन्त्री भट्ट नाजवाफ बनेकी थिइन्।

    त्यसपछि परमानन्द भट्ट, मन्त्री भट्ट, उनका निजी सचिव शेरबहादुर चन्द र अर्का स्वकीय सचिव मन्त्री भट्टकै छोराको आकस्मिक बैठक बसेर सचिव खनालको सरुवा गराउने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...