News Portal

मोरङमा लागू औषध ओसार पसारमा संलग्न दुई जना पक्राउ

रबिन्द्र बराल
४५५ पटक

मोरङ ०६, २०७६ चैत : माेरङकाे सिमाबर्ति क्षेत्र मध्ये बिगत केही महिना अगाडि देखि सुनवर्सि नगरपालिकाकाे सिक्टि, डाईनियाँ-पथरी जाेडने सडकबाट लागु औषध ओसारपाेसारकाे मुख्य केन्द्र बिन्दु हुन थालेको छ।

रंगेली प्रहरीकाे सक्रियतामा लागु औषध ओसारपाेसार गर्ने युवाहरु अहिले धमाधम पक्राउ पर्ने थालेका छन। सुनवर्सि ८ स्थित डाईनियाँ सिक्टि सडकखन्ड अन्तर्गत हर्चनगडिबाट बिहीबार दिउँसाे डाईनियातर्फ आउदै गरेको अवस्थामा लागु औषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

मे ४ प ७७३७ नम्बरको माेटरसाईकलमा आउदै गरेका पथरी शनिञ्चरे ६ बस्ने बर्ष २८ का शिवनारायण चमार र साेहि स्थान बस्ने बर्ष २९ का काजिमान बिकलाई चेकजाँच गर्ने क्रममा उनिहरुकाे साथबाट लागुऔषध, नाईट्राभेट ट्याव्लेट ३९ गाेटि, १ बाेतल काेरेक्स र एस्पिभिआईट ट्यावलेट १६ थानसहित पक्राउ परेका छन।

उनिहरुलाई लागू औषध तथा ओसारपाेसार अन्तर्गत मुद्घा गरिने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...