News Portal

ठेला चालकले सुरक्षागार्डको हत्या गरेको खुलाशा

हिमाली संचार संवाददाता
७१७ पटक

सरोज यादव, विराटनगर – गएको भदौ २ गते विराटनगरस्थित न्यूविक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्यामा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मृत भेटिएका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको आपसी विवादका कारण हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले हत्यामा संलग्न ब्यक्तिलाई पक्राउगरी आइतबार सार्वजनिकगर्दै घटनाको बिषयमा जानकारी गराएको हो ।

प्रहरीले भट्टराईको हत्यामा संलग्न अभियुक्त विराटनगर ४ जामुनगाछीका २६ बर्षिय संजय सहनीलाई सार्वजनिक गर्दै आपसी विवाद र लेनदेनका कारण हत्या भएको जनाएको छ । सो बिषयमा जानकारी दिदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख,एसपी मनोजकुमार केसीले आपसी वादविवाद भएपछि अभियुक्त सहनीले भट्टराईलाई रडको टुक्रा प्रयोगगरि हत्या गरेको बताए । उनले अभियुक्त सहनी दुब्र्यसनी रहेको जानकारी दिदै हत्यापछि मृतक भट्टराईको साथ रहेको २५ सय नगद र मोबाईल समेत लुटेर गएको बताए । हत्यापछि फरार रहेका सहनीलाई आइतबार बिहान १२ बजे विराटनगरको सिमाक्षेत्रबाट पक्राउ गरिएको केसीले जानकारी दिएका छन ।

अभियुक्त सहनी ठेलाचालक रहेको बताउदै एसपी केसीले घटनाको दिन सहनी तीनचार पटक संकास्पद अवस्थामा विक्की हार्डवेयरमा ओहोरदोहोर गरेको सिसि टिभि फुटेजमा देखिएको थियो । यसअघिदेखिनै मृतक भट्टराईसंग चिनजान रहेका सहनीले वादविवाद भएपछि २ गते राती १० बजेको समयमा भट्टराइको हत्या गरेको अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरिएको रड समेत प्रहरीले बरामद गरिसकेको एसपी केसीले जानकारी दिए । (नेस)

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...