News Portal

नेपाल सरकारको निर्णय विरुद्ध त्रिविद्वारा परीक्षा सञ्चालन

हिमाली संचार संवाददाता
२७५ पटक

६ चैत्र २०७६

काठमाण्डौ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सम्भावित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले चैत्र ६ गत्तेदेखि लागु हुनेगरी एसईई लगायदका सबै परीक्षा रोक्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालयले नेपाल सरकारको गम्भीर निर्णयलाई वेवास्ता गर्दै परीक्षा सञ्चालन गरेको छ। 

नेपाल सरकारले बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बिहिबार देखि सञ्चालन हुने सबै परीक्षा स्थगित गरी पठनपाठन रोक्ने निर्णय गरेको थियो। नेपाल सरकारको निर्णयसंगै शिक्षा मन्त्रालयले पनि सबै परीक्षा रोक्न निर्देशन जारी गरेको थियो। 

नेपाल सरकारको निर्णय र शिक्षा मन्त्रालयको निर्देशन विरुद्ध त्रिविले बिहिबारका सबै परीक्षा सञ्चालन गर्दै मध्यान्हका परीक्षा पनि स्थगित नगर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशिले बताएका छन्। त्रिविको कार्यकारी परिषदले निर्णय नगरी पूर्वनिर्धारित परीक्षा स्थगित गर्न नमिल्ने बताउदै चैत्र ७ गत्ते शुक्रवारदेखिका परीक्षा स्थगित गर्ने विषयमा आपतकालिन बैठक बस्ने जानकारी दिएका छन्। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखोरेलको ढुलमुले बोलीका कारण अभिभावक तथा विधार्थी बिहिबार रातभरी तनावमा रहेका थिए। मन्त्रीले बुधबार साँझ सबै परीक्षा स्थगित भएको बताएका थिए। बुधबार साँझ अर्थात् त्यसको करीब ४ धण्टापछि सञ्चारकर्मीहरुको जिज्ञासामा त्रिवि स्वायत्त निकाय भएको हुनाले त्रिवि आफैले यसको निर्णय गर्न सक्ने प्रतिक्रिया दिएको कारण अभिभावक र विधार्थी तनावमा परेका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...