News Portal

  • चैत्र ७ गत्तेदेखि बैशाख ३ गत्तेसम्म मुलुक प्रवेशमा प्रतिबन्ध

    हिमाली संचार संवाददाता
    ३७४ पटक

    ६ चैत्र २०७६

    काठमाण्डौ। नेपाल सरकारले पश्चिम एसिया लगायद खाडी क्षेत्रका मुलुकहरु इरान, टर्की, मलेशिया, जापान, दक्षिण कोरिया र युरोपका सबै मुलुकबाट नेपाल आउने यात्रुलाई नेपाल सरकारले चैत्र ७ गत्तेदेखि बैशाख ३ गत्तेसम्म नेपाल प्रवेशमा रोक लगाएको छ।
    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहान ६ बजेदेखि मध्यरात ३ बजेसम्म २६ वटा विदेशी एयरलाइन्स र ३ वटा नेपाली एयरलाइन्स गरी २९ एयरलाइन्सले उडान भर्दै आएको छ। नेपाल सरकारको बुधवारको निर्णयसंगै १५ वटा अन्तराष्ट्रिय एयरलाइन्सको उडान शुक्रवार मध्यरातदेखि रोकिने भएको छ।

    नेपाल सरकारको निर्णयले भारत, थाइल्याण्ड, बंगलादेश,सिंगापुर र भुटान आउन जान रोक लगाएको छैन। अस्ट्रेलिया अमेरिका लगायदका मुलुकबाट नेपाली नागरिक यी मुलुक हुदै नेपाल आउन सक्नेछन्। भारतबाट इन्डिगो, एयर इन्डिया र भिस्तारा एयरलाइन्स, बंगलदेशबाट विमान बांगलादेश, थाइल्याण्डबाट थाई एयर र थाई लायन काठमाण्डौका लागि उडान भर्दै आएको छ। 

    चीनको ग्वाङजाउबाट चाइना साउदर्न, कुनमिङबाट चाइना इस्टर्न, छेन्दुबाट एयर चाइनाले नियमित नभइ निश्चित दिन तोकेर उडान भर्दै आएको छ। नेपाल सरकारको यो निर्णयसंगै हिमालयन एयरलाइन्सले यात्रु अभावका कारण कतै पनि उडान भर्न सकेको छैन। 

    नेपाल सरकारले यी कुनै पनि मुलुकबाट ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट नेपाल आउने सम्पूर्ण यात्रुलाई चैत्र ७ गत्तेदेखि बैशाख ३ गत्तेसम्म तदानुसार २० मार्च मध्यरातदेखि १५ अप्रिलसम्म लागु हुने गरी मुलुक प्रवेशमा रोक लगाएको छ। 

    पश्चिम एसिया अन्तर्गत खाडी मुलुक, टर्की,मलेशिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकबाट ट्रान्जिट भइआउने साथै नेपाल सरकारले दोस्रो पटक गरेको कडाई संगै मध्यपूर्वका एयर अरेबिया, फ्लाइ दुबई, इतिह्यत एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको छ। 

    युरोप जोड्ने टर्किस एयरलाइन्स र पूर्वी एसियाबाट काठमाण्डौ आउने हङकङको क्याथे ड्रायागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयर, मध्यपूर्व उडान भर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको पनि उडान रोकिने भएको छ। 

    उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले कोभिड-१९ संक्रमण तथा रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको प्रस्ताव नोवेल कोरोना भाइरस प्रभावित मुलुकबाट आउने नेपाली नागरिक तथा अन्य मुलुकबाट आउने यात्रुहरुलाई नेपाल आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...