News Portal

हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन

हिमाली संचार संवाददाता
६४७ पटक

बङ्गलादेश – म्यानमारको सैनिक दमनका कारण ठूलो सङ्ख्यामा बङ्गलादेशलगायतका मुलुकमा पुगेका शरणार्थीहरूले ‘न्याय’को माग गर्दै सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा शनिबार ९ अगस्ट २५ मा० विरोध प्रदर्शन गरेका छन्। आफन्तहरूमाथि भएको बर्बर हत्या,बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै कैयौँले आफुहरु रहेका शिविरहरूमा आफ्ना वेदना पोखेका थिए। उक्त दमनका कारण करिब सात लाख रोहिङ्ज्या शरणार्थीले म्यानमारको राखाइन राज्य छोडी विदेशिएका थिए।

बङ्गलादेश सरकारको नियन्त्रणमा रहेको विश्वमा सबैभन्दा धेरै रोहिङ्ज्या शरणार्थीहरू रहेको शिविरमा शरणार्थीहरूले शान्तिपूर्णरूपमा तर अप्रत्यासित सङ्ख्यामा प्रदर्शनमा सहभागिता जनाएका थिए।
बङ्गलादेशको कुटुपालुङ शिबिरमा रहेका शरणार्थीहरूले प्रदर्शनमा सहभागिता जनाउँदै‘हामी रोहिङ्ज्या हौँ,न्याय चाहन्छौँ’ जस्ता नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका थिए। रोहिङ्ज्याहरूको जातीय नरसंहार भएको दिन अगस्त २५ कहिल्यै नआओस् भन्ने नारा लेखिएकोे विशाल न्यानरमा बोकेर प्रदर्शन गरेका थिए।

शिविरको विभिन्न भागबाट आएका महिला,बालबालिकासहितको हजारौँको सङ्ख्याका सहभागीले रुँदै ३६५ दिन बितायौँ अब हामी क्रोधित बनेका छौँ भन्ने नाराहरूसहितका प्लाकार्ड बोकेर जुलुसमा सहभागिता जनाएको थिए ।म्यानमारको रोहिङ्ज्या लडाकूले रखाइन राज्यमा भएका ‘अत्याचार’को विरोधमा गत बर्ष अगस्ट २५ मा प्रहरी चौकीमा आक्रमण गर्दै विद्रोह शुरु गरेका थिए। जसमा एक महिनामा करिब सात हजार रोहिङ्ज्या शरणार्थीले ज्यान गुमाएका मेडिसिन्स सान्स फ्रन्टियर्सको तथ्याङ्कमा छ।

सहभागी शरणार्थीहरूसँगको कुराकानीमा उनीहरूले गत बर्ष आफ्ना घरहरू गुमाएको स्मरण गर्दै घर छैन आशा पनि छैन भन्ने निकै निराशाजनक अभिव्यक्तिहरू समेत व्यक्त गरेका एएएफपीका सम्वाददाताले शिविरबाट गरेको रिपोर्टिङमा उल्लेख छ। शनीहरूले अल्लाहसँग प्रार्थना गर्दै आफूहरूलाई घर फर्काइदिन आग्रहसमेत गरेका देखिन्थ्यो। एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...