News Portal

खोई त परिबर्तनका हेरम्ब

हिमाली संचार संवाददाता
१३९१ पटक

✍️तपिकुमार सिंह ठकुरी

कहाँ छन् परिबर्तनका
तिम्रा ति हेरम्ब(गर्ब गर्ने काम)
गाउने गरेका क्रान्तिकारी
ति स्वरहरु
कहाँ छन् बदलिएका
बस्तिहरु
सियाँल भित्ति पुराना र
जुनतारे उहि छतहरु…

जहाँ बिकासका खोक्रा
भाषणहरु छन्
सर्बहारा बर्गका मुक्ति
गीत गाउनेहरु…
कहाँ छ खोइ अखण्ड
नेपाल त्यो ?
टुक्रै टुक्राको टुहुरो
नेपाल भो…

जुन स्वाधिनताको प्रतिक
स्वर्ग भूमिमा
बिदेशी ध्वजहरु
लहराउदै छन्
कहाँ छ हरियो वन
नेपालको धन
शहिद भय
चन्दन, सिसौ, सल्लाहरु…

ति समयका
बक्ररेखाहरु
जो बदल्ने
ति तिम्रा फुस्रा
अास्वासनहरु
सजिलै पत्याउन
सकिने तिम्रा ती
चिप्ला अनि चिल्ला
मसिना अावाजहरु…

झुटा परिबर्तनको
झंकार अोकल्लेहरु
चुर्लुम्म डुब्यौ स्वार्थको
हिसाब चाङमा..
खै त बन्दुकले ल्याएको
नयाँ जनबाद !
ति चित्रबाट सोधिरहेका छन्
शहिदले…

सधै खोजिरहे मुक्ति द्वार
सान्तिको !
सधै सोधिरहे चिहानबाट ति
लासहरुले
अामा…! कस्तो छ
भनेर…?
तर धिक्कार गरयौ…
धोका गरयौ
शहिद को रगतले कोरेको
इतिहास !
वीरले जोडेको देश…

बैरी ले बिगारयौ
कहाँ छन् परिबर्तनका
अावाजहरु…
गाउने गरेका क्रान्तिकारी
ति स्वरहरु !
कहाँ छन् बदलिएका
बस्तिहरु…

~सिम्ता-४ पिल्क, सुर्खेत
हाल : गुजरात, भारत

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...