News Portal

खोई त परिबर्तनका हेरम्ब

हिमाली संचार संवाददाता
१३३३ पटक

✍️तपिकुमार सिंह ठकुरी

कहाँ छन् परिबर्तनका
तिम्रा ति हेरम्ब(गर्ब गर्ने काम)
गाउने गरेका क्रान्तिकारी
ति स्वरहरु
कहाँ छन् बदलिएका
बस्तिहरु
सियाँल भित्ति पुराना र
जुनतारे उहि छतहरु…

जहाँ बिकासका खोक्रा
भाषणहरु छन्
सर्बहारा बर्गका मुक्ति
गीत गाउनेहरु…
कहाँ छ खोइ अखण्ड
नेपाल त्यो ?
टुक्रै टुक्राको टुहुरो
नेपाल भो…

जुन स्वाधिनताको प्रतिक
स्वर्ग भूमिमा
बिदेशी ध्वजहरु
लहराउदै छन्
कहाँ छ हरियो वन
नेपालको धन
शहिद भय
चन्दन, सिसौ, सल्लाहरु…

ति समयका
बक्ररेखाहरु
जो बदल्ने
ति तिम्रा फुस्रा
अास्वासनहरु
सजिलै पत्याउन
सकिने तिम्रा ती
चिप्ला अनि चिल्ला
मसिना अावाजहरु…

झुटा परिबर्तनको
झंकार अोकल्लेहरु
चुर्लुम्म डुब्यौ स्वार्थको
हिसाब चाङमा..
खै त बन्दुकले ल्याएको
नयाँ जनबाद !
ति चित्रबाट सोधिरहेका छन्
शहिदले…

सधै खोजिरहे मुक्ति द्वार
सान्तिको !
सधै सोधिरहे चिहानबाट ति
लासहरुले
अामा…! कस्तो छ
भनेर…?
तर धिक्कार गरयौ…
धोका गरयौ
शहिद को रगतले कोरेको
इतिहास !
वीरले जोडेको देश…

बैरी ले बिगारयौ
कहाँ छन् परिबर्तनका
अावाजहरु…
गाउने गरेका क्रान्तिकारी
ति स्वरहरु !
कहाँ छन् बदलिएका
बस्तिहरु…

~सिम्ता-४ पिल्क, सुर्खेत
हाल : गुजरात, भारत

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...