News Portal

स्याङ्जाली साहित्यको इतिहासमा पहिलोपटक गल्याङ साहित्य उत्सब मनाईयो

हिमाली संचार संवाददाता
७०७ पटक

स्याङ्जा १८, २०७६ फागुन : जगत्रदेवि साहित्य संगमद्वारा आयाेजित प्रथम गल्याङ साहित्य उत्सव भब्य रुपमा सम्पन्न भएको छ। उत्सबमा वृहत कविता वाचन, प्रतियोगिता एवं कृति विमाेचन समेत भएको थियो।

जगत्रदेवि साहित्य संगमका अध्यक्ष सुर्य प्रसाद डुम्रेको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी रहनु भएको थियो।

गल्याङ नगरपालिकाको विशेष सहयोगमा स्याङ्जाली साहित्यको इतिहासमा पहिलोपटक सुन्दरनगरी गल्याङस्थित भानुभक्त माध्यमिक विद्यालयमा भएको सो भब्य उत्सबमा सातै प्रदेशका प्रतिनिधि श्रष्टाहरुको विशेष प्रस्तुति साथै स्थानिय श्रष्टाहरुको समेत प्रस्तुती रहेको थियो।

कार्यक्रममा विशेष प्रस्तुति हेमन्त विवश डाेटी, दिपेन्द्र सिंह थापा धादिङ, अनिता न्याैपाने मकवानपुर, कृष्णदेवी शर्मा श्रेष्ठ मकवानपुर, कविराज भट्ट बैतडी, प्रकाश किरण जाजरकोट, अभि क्षेत्री दाङ, अम्बिका कार्की सर्लाही, दिपक आचार्य ‘जलन’ बर्दीया, पहल असिम अछाम, हरिकृष्ण काफ्ले राैतहट, विजय रानाभाट तनहुँ र जि.एम.दिपु देबेन्द्र रूकुमले कविता, गजल र मुक्तक प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा बरिस्ठ साहित्यकार देवीप्रसाद बनवासी लगायत अनन्त अर्याल, हरिप्रसाद भट्टराई चिन्तु गिरी, यामकनन्त खनालले मन्तव्य राख्नुभएको थियो।

कविता बाचन प्रतियोगितामा प्रथम बसन्ती अधिकारी गल्काेट मावि, द्वितीय प्रशान्त अधिकारी, कालिगण्डकी गुरूकुल, मालुङ्गा र तृतीय आशिष अर्याल, भानुभक्त मावि भएका थिए भने निर्णायक मिलन समिर, श्यामप्रसाद ढुङ्गाना र दिपक पाण्डे रहनुभएको थियो।

कार्यक्रममा कबिहरु शम्भु अर्याल, वसन्त खनाल, अनन्त अर्याल, लेखनाथ काफ्ले र नारायण प्रसाद रेग्मीले कविता वाचन गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह-सचिव डिल्लीराम भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको संचालक नारायण प्रसाद ज्ञावलीले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...