News Portal

कांग्रेसद्वारा भीम रावलको आलोचना, बडू र बलायरलाई भोलि कञ्चनपुर पठाउदै

हिमाली संचार संवाददाता
७०१ पटक

९ भदौ, काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुर घटनाबारे अध्ययन गर्न दुई नेतालाई भोलि पठाउने भएको छ ।

साथै सत्तारुढ दलकै नेताको गैरजिम्मेवार अभिव्यक्तिका कारण शान्त भइसकेको कञ्चनपुरमा  तनाव उत्पन्न भएको र प्रहरीको गोलीबाट सन्नी खुनाको ज्यान जाने परिस्थिति बनेको समेत बताएको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताएको छ । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गम्भीर छानवीन नगरी अविस्वश्नीय निष्कर्षमा पुग्दा नागरिक आक्रोशित हुनु स्वभाविक भएको उसको ठहर छ ।

कांग्रेसले भनेको छ, ‘सरकारले छानविनप्रति गम्भीरता र प्रदर्शनप्रति संयमता प्रस्तुत नगरी गोली प्रहार गरेर जनताको भावना दवाउन खोज्दा परिस्थिति झनै गम्भीर बन्न पुग्यो ।’

कांग्रेसले नेकपाका नेता भीम रावलतर्फ लक्षित गर्दै सत्तारुढ दलकै एक जिम्मेवार नेताले व्यक्त गरेको गैर-जिम्मेवार एवं भड्काउयुक्त अभिव्यक्ति दिँदा शुक्रबार थप तनाव उत्पन्न भएको र खुना मारिएको बताएको छ । ‘कांग्रेस यो समग्र घटनामा सरकारको कमजोरी, दोषी लुकाउने र निर्दोषलाई फसाउने षडयन्त्र एवं गैर-जिम्मेवार अभिव्यक्तिको कडा भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

बैठकमा नेता दिलेन्द्र बडूले सत्तारूढ दलकै एक नेताका भड्काउयुक्त अभिव्यक्तिका कारण शान्त भइसकेको कञ्चनपुरमा तनाव उत्पन्न भएको बताएका थिए । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने रावलको नाम नै लिएर उनको अभिव्यक्तिका कारण तनाव उत्पन्न भएको र एक बालकको ज्यान जाने परिस्थिति बनेको बताए ।

कांग्रेसले कञ्चनपुर घटनाको गहन छानीवन गरी अपराधीमाथि कारबाही गर्न र पीडित परिवारलाई राहत दिन माग गरेको छ ।

साथै घटनाको यस्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्यद्वय- दिलेन्द्रप्रसाद बडू र बीरबहादुर बलायरलाई खटाएको छ । बडू र बलायर भोलि नै कञ्चनपुर पुग्ने कांग्रेसले जनाएको छ ।

बिज्ञप्ती

 

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...