News Portal

कांग्रेसद्वारा भीम रावलको आलोचना, बडू र बलायरलाई भोलि कञ्चनपुर पठाउदै

हिमाली संचार संवाददाता
७५८ पटक

९ भदौ, काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुर घटनाबारे अध्ययन गर्न दुई नेतालाई भोलि पठाउने भएको छ ।

साथै सत्तारुढ दलकै नेताको गैरजिम्मेवार अभिव्यक्तिका कारण शान्त भइसकेको कञ्चनपुरमा  तनाव उत्पन्न भएको र प्रहरीको गोलीबाट सन्नी खुनाको ज्यान जाने परिस्थिति बनेको समेत बताएको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताएको छ । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गम्भीर छानवीन नगरी अविस्वश्नीय निष्कर्षमा पुग्दा नागरिक आक्रोशित हुनु स्वभाविक भएको उसको ठहर छ ।

कांग्रेसले भनेको छ, ‘सरकारले छानविनप्रति गम्भीरता र प्रदर्शनप्रति संयमता प्रस्तुत नगरी गोली प्रहार गरेर जनताको भावना दवाउन खोज्दा परिस्थिति झनै गम्भीर बन्न पुग्यो ।’

कांग्रेसले नेकपाका नेता भीम रावलतर्फ लक्षित गर्दै सत्तारुढ दलकै एक जिम्मेवार नेताले व्यक्त गरेको गैर-जिम्मेवार एवं भड्काउयुक्त अभिव्यक्ति दिँदा शुक्रबार थप तनाव उत्पन्न भएको र खुना मारिएको बताएको छ । ‘कांग्रेस यो समग्र घटनामा सरकारको कमजोरी, दोषी लुकाउने र निर्दोषलाई फसाउने षडयन्त्र एवं गैर-जिम्मेवार अभिव्यक्तिको कडा भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

बैठकमा नेता दिलेन्द्र बडूले सत्तारूढ दलकै एक नेताका भड्काउयुक्त अभिव्यक्तिका कारण शान्त भइसकेको कञ्चनपुरमा तनाव उत्पन्न भएको बताएका थिए । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने रावलको नाम नै लिएर उनको अभिव्यक्तिका कारण तनाव उत्पन्न भएको र एक बालकको ज्यान जाने परिस्थिति बनेको बताए ।

कांग्रेसले कञ्चनपुर घटनाको गहन छानीवन गरी अपराधीमाथि कारबाही गर्न र पीडित परिवारलाई राहत दिन माग गरेको छ ।

साथै घटनाको यस्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्यद्वय- दिलेन्द्रप्रसाद बडू र बीरबहादुर बलायरलाई खटाएको छ । बडू र बलायर भोलि नै कञ्चनपुर पुग्ने कांग्रेसले जनाएको छ ।

बिज्ञप्ती

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...