News Portal

कर्फ्यू दीर्घकालीन समाधान होइन, अपराधीलाई कारवाही होस् : नयाँ शक्ति

६०३ पटक

९ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले निर्मला पन्तको हत्यामा संलग्नलाई हदैसम्मको कारवाही माग गरेको छ । साथै निर्मलाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय एक किशोरको मृत्यु भएको घटनाको घोर भर्तसना पनि गरेको छ ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले शनिबार बिहान ट्वीट गर्दै निर्मला पन्तको जस्तो नियती कसैले भोग्नु नपरोस् भनेका छन् । उनले समाजमा निर्धक्क र सुरक्षित भएर बाँच्न पाउने न्याय र अधिकारको लडाइँमा आफूले सधैं साथ दिने बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘निर्मला पन्तको जस्तो नियति कसैले भोग्नु नपरोस्, हत्यारालाई कठघरामा उभ्याएर हदैसम्मको कारवाही गरियोस् । हाम्रा आमा, दिदीबहिनी, छोरी चेलीले यो समाजमा निर्धक्क र सुरक्षित भएर बाँच्न पाउने न्याय र अधिकारको लडाइँमा मेरो सधैँ साथ, समर्थन र सहयोग रहनेछ ।’

यसैबीच नयाँ शक्ति पार्टीका प्रकाशन विभाग प्रमुख विश्वदीप पाण्डेले शनिबार प्रेस विज्ञप्ति जारी गरी किशोरी बलात्कार र हत्याको घटनाको छानविन गरी अपराधीलाई कारवाही गर्ने काममा द्रुतरुपमा लाग्न सरकारसँग माग गरेका छन् । साथै प्रहरीको गोली लागी मृत्यु भएका सनि खुनाको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको शीघ्र उपचार गर्न पनि नयाँ शक्तिले माग गरेको छ ।

कर्फ्यू दीर्घकालीन समस्याको समाधान नभएकोतर्फ सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।

पाण्डेले विज्ञप्तिमा लेखेका छन्, ‘परिस्थितिलाई साम्य पार्न भन्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश दीर्घकालीन समाधानको उपाय नभएकोले किशोरी बलात्कार र हत्याको घटनाको छानविन गरी अपराधीलाई कारवाही गर्ने काममा द्रूतरुपमा लाग्न सरकारसँग नयाँ शक्ति पार्टी, नेपाल जोडदार माग गर्दछ ।’

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...