News Portal

समायोजनमा नपरेका प्रहरी कर्मचारी स्वतः नेपाल प्रहरीमा कायम

हिमाली संचार संवाददाता
४६९ पटक

केशवराज जोशी
काठमाडौं १६, २०७६ फागुन : नेपाल प्रहरीमा समायोजनपछि पतिपत्नी एकै प्रदेशमा बस्न पाउने भएका छन्। नेपाल प्रहरी समायोजन ऐनले यस्तो व्यवस्था गरेको हो।

संघीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाइ प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने प्रक्रिया सुरु भइसकेको छ। यसअघि प्रहरीमा पतिपत्नी फरक प्रदेशको भएको अवस्थामा के हुने भन्ने अन्योल कायम थियो।

प्रहरी कर्मचारी समायोजनका लागि जारी भएको ऐनमा भनिएको छ, “प्रदेश प्रहरीमा समायोजन भएका प्रहरी कर्मचारीले अर्को प्रदेशमा विवाह भएका कारण सो प्रदेशमा सरुवा हुन माग गरेमा दुवै प्रदेशमा समन्वयमा सरुवा हुन सक्नेछन् ।” यो व्यवस्थाले तल्ला दर्जाका प्रहरी कर्मचारीलाई सहज हुनेछ।

यस्तै समायोजनमा जाने प्रहरीको तह बढुवा भने नहुने भएको छ तर ग्रेडवृद्धि भने हुनेछ। समायोजन ऐनमा भनिएको छ, ‘समायोजन गर्दा खाईपाई आएको तलब वृद्धि (ग्रेड) मा दुई तलब वृद्धि (ग्रेड) थप गरी समायोजन हुनेछ।

समायोजनमा नपरेका प्रहरी कर्मचारी स्वतः नेपाल प्रहरीमा कायम भएको मानिनेछ। समायोजन भएका राजपत्रांकित स्तरको प्रहरी कर्मचारीलाई मन्त्रालयले र त्यसबाहेक अन्य प्रहरीलाई प्रधान कार्यालयले समायोजन पत्र दिनेछ।

समायोजन गर्दा कार्यरत पदको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत रहेको प्रदेश, हालको स्थायी बसोबासको ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगाना, उमेरको ज्येष्ठतालाई आधार मानिने उल्लेख छ।

समायोजनमा नपरेका प्रहरी कर्मचारी स्वतः नेपाल प्रहरीमा कायम हुनेछन्। प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार प्रहरीमा ७९ हजार ५२३ स्वीकृत दरबन्दी छ। जसमा १४ प्रतिशत खाली छ।

संघ र प्रदेश प्रहरीको पोसाक भने एउटै हुने भएको छ। संघीय संरचनामा रहेका कतिपय मुलुकमा प्रदेश अनुसार प्रहरीका फरक–फरक पोसाक छन्।

प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्नेछन्। समायोजन ऐनमा भनिएको छ, “प्रदेश प्रहरी प्रमुखका रूपमा खटिएको प्रहरी कर्मचारीले प्रदेश प्रहरीको दर्ज्यानी चिह्न लगाई प्रदेश प्रहरीका रूपमा काम गर्नुपर्नेछ।” अन्य प्रहरी संघमा रहनेछन।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...