News Portal

नेकपाकै सांसद शर्माले हल्लाए संसद, ओली सरकारको झुटको पर्दाफास !

हिमाली संचार संवाददाता
४५१ पटक

काठमाडौं १६, २०७६ फागुन : सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिइएको विषयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्।

उनले सरकारले स्वेतपत्रका नाममा झुटको पुलिन्दा ल्याएको उनको भनाइ छ। बिहिबारको प्रतिनिधीसभाको बैठकको विषेश समयमा बोल्दै सरकारका तर्फबाट हालै उप्रधानमन्त्री ईश्वर पोखरेलले जारी गरेको स्वेत पत्रमा तथ्य बंग्याइएको भन्दै आपत्ति जनाएका हुन्।

उनले सरकारले जारी गरेको स्वेतपत्र स्वेत पत्र नभएर अस्वेतपत्र भएको आरोप लगाए। ‘सरकारले २ दिन अघि श्वेत पत्र ल्यायो। त्यो भनेको मलाई थाहा छैन।

तथ्य जस्ता जस्तै ल्याउनका लागि स्वेत पत्र जारी गरिन्छ हुन्छ,’ उनले भने,‘तर यो अस्वेत पत्र जस्तो छ।’ उनले आफ्नो नाम जोडिएको मिडियामा थाहा पाएपछि ट्रस्टको कार्यालयमा गएर फायल हेर्न निवेदन दिएको भएपनि फाइल हेर्न नदिइएको बताए। ‘ट्रस्टको कार्यालयमा गएर निवेदन दिएँ।

ताल्चा लगाएर खोल्न मिल्दैन भनियो। मेरो नाम कसरी आयो ? भनेर सोधेँ,’ उनले भने, ‘तपाईको नाम थिएन भनेर। तर कसरी आयो थाहा भएन भनेर कर्मचारीले जवाफ दिए। मुख्यसचिव लोकदर्शन रेग्मी (जो शर्मा गृहमन्त्री हुँदा गृहसचिव थिए)लाई पनि सोधेँ। उहाँले त्यो झठा विवरण हो भन्नुभयो।

स्वेत पत्रमा शर्मा गृहमन्त्री हुँदा २०७४ कात्ति १३ गते भनेर निर्णय भएको भनिएको छ। तर, शर्माले आफु असोज ३० गते नै गृहमन्त्रीको जिम्मेवारीबाट हटिसकेको बताए। उनले ट्रस्टको जग्गा लिजमा दिनेको नाम नलेखिएको तर, संलग्न नभएकाको नाम लेखिएको भन्दै आपत्ति जनाए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...