News Portal

  • नेकपाकै सांसद शर्माले हल्लाए संसद, ओली सरकारको झुटको पर्दाफास !

    हिमाली संचार संवाददाता
    ३४२ पटक

    काठमाडौं १६, २०७६ फागुन : सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिइएको विषयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्।

    उनले सरकारले स्वेतपत्रका नाममा झुटको पुलिन्दा ल्याएको उनको भनाइ छ। बिहिबारको प्रतिनिधीसभाको बैठकको विषेश समयमा बोल्दै सरकारका तर्फबाट हालै उप्रधानमन्त्री ईश्वर पोखरेलले जारी गरेको स्वेत पत्रमा तथ्य बंग्याइएको भन्दै आपत्ति जनाएका हुन्।

    उनले सरकारले जारी गरेको स्वेतपत्र स्वेत पत्र नभएर अस्वेतपत्र भएको आरोप लगाए। ‘सरकारले २ दिन अघि श्वेत पत्र ल्यायो। त्यो भनेको मलाई थाहा छैन।

    तथ्य जस्ता जस्तै ल्याउनका लागि स्वेत पत्र जारी गरिन्छ हुन्छ,’ उनले भने,‘तर यो अस्वेत पत्र जस्तो छ।’ उनले आफ्नो नाम जोडिएको मिडियामा थाहा पाएपछि ट्रस्टको कार्यालयमा गएर फायल हेर्न निवेदन दिएको भएपनि फाइल हेर्न नदिइएको बताए। ‘ट्रस्टको कार्यालयमा गएर निवेदन दिएँ।

    ताल्चा लगाएर खोल्न मिल्दैन भनियो। मेरो नाम कसरी आयो ? भनेर सोधेँ,’ उनले भने, ‘तपाईको नाम थिएन भनेर। तर कसरी आयो थाहा भएन भनेर कर्मचारीले जवाफ दिए। मुख्यसचिव लोकदर्शन रेग्मी (जो शर्मा गृहमन्त्री हुँदा गृहसचिव थिए)लाई पनि सोधेँ। उहाँले त्यो झठा विवरण हो भन्नुभयो।

    स्वेत पत्रमा शर्मा गृहमन्त्री हुँदा २०७४ कात्ति १३ गते भनेर निर्णय भएको भनिएको छ। तर, शर्माले आफु असोज ३० गते नै गृहमन्त्रीको जिम्मेवारीबाट हटिसकेको बताए। उनले ट्रस्टको जग्गा लिजमा दिनेको नाम नलेखिएको तर, संलग्न नभएकाको नाम लेखिएको भन्दै आपत्ति जनाए।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ९ गतेको राशिफल

    आज असार ९, २०८२ (जुन २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    क्रोएसिया पठाउने भन्दै ठगी गर्ने सिन्धुलीका युवक पक्राउ

    काठमाडौं, असार ८ – वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा सिन्धुलीका एक...

    जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी

    काठमाडौं, असार ८ – बैंकिङ कसुरको आरोपमा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध...

    नारायणी नदीमा बग्दै गरेका पुरुषको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

    चितवन, असार ८ – चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै गरेका एक पुरुषलाई सशस्त्र...

    रास्वपा सभापति लामिछाने भैरहवा कारागारमा : गुनासो छैन, पुस्तक र पार्टीप्रतिको विश्वासमै समय बिताउँदै

    भैरहवा, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने अहिले रुपन्देहीस्थित...