News Portal

  • कञ्चनपुरको आन्दोलनमा घुसपैठ भएको सरकारको दाबी

    हिमाली संचार संवाददाता
    ६३९ पटक

    काठमाडौं – सरकारले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यालाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न कञ्चनपुरबासीलाई आहृवान गरेको छ ।

    आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर शुक्रबार मात्र एक बालकको मृत्यु भएको छ । सरकारले भने आन्दोलनमा घुसपैठ भएको दाबी गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले सीडीओ र सुरक्षा अधिकारीको सुरुवा गर्नुका साथै अनुसन्धान समिति समेत बनाइसकेको अवस्थामा परिस्थितिलाई थप उत्तेजित बनाउन विभिन्न तत्वले घुसपैठ भएको बताएका हुन् ।

    मानवीय संवेदनासँग जोडिएको घटनालाई लिएर परिस्थिति थप उत्तेजित बनाउने घुसपैठ गर्नेहरुबारे अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको उनले बताए ।

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले जघन्य अपराधका यस्ता सरकार गम्भीर रहेको भन्दै दोषीहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘परिस्थितिलाई अरु ढंगले उत्तेजक नबनाउन गरेको अनुरोध गर्छौं । अनलाइनखबर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...