News Portal

कञ्चनपुरको आन्दोलनमा घुसपैठ भएको सरकारको दाबी

हिमाली संचार संवाददाता
६८४ पटक

काठमाडौं – सरकारले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यालाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न कञ्चनपुरबासीलाई आहृवान गरेको छ ।

आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर शुक्रबार मात्र एक बालकको मृत्यु भएको छ । सरकारले भने आन्दोलनमा घुसपैठ भएको दाबी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले सीडीओ र सुरक्षा अधिकारीको सुरुवा गर्नुका साथै अनुसन्धान समिति समेत बनाइसकेको अवस्थामा परिस्थितिलाई थप उत्तेजित बनाउन विभिन्न तत्वले घुसपैठ भएको बताएका हुन् ।

मानवीय संवेदनासँग जोडिएको घटनालाई लिएर परिस्थिति थप उत्तेजित बनाउने घुसपैठ गर्नेहरुबारे अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको उनले बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले जघन्य अपराधका यस्ता सरकार गम्भीर रहेको भन्दै दोषीहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘परिस्थितिलाई अरु ढंगले उत्तेजक नबनाउन गरेको अनुरोध गर्छौं । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...