News Portal

भ्रष्टाचारीलाई संरक्षण नगर्न नेवि संघको सरकारलाई आग्रह

हिमाली संचार संवाददाता
५०३ पटक

काठमाडौं १०, २०७६ फागुन : नेपाल विद्यार्थी संघले भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ। नेविसंघ केन्द्रीय समितिले शुक्रबार आयोजना गरेको विरोध कार्यक्रममा नेविसंघले भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गरेको हो।

कार्यक्रममा नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले जनताले तिरेको करले भ्रष्टाचार गर्न नपाइने बताए। “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको सरकारका मन्त्रीमाथि नै भ्रष्टाचारको आरोप  लाग्नु दुःखद् कुरा हो,” उनले भने।

अध्यक्ष ढुङ्गानाले बहुमत प्राप्त सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए। उनले सरकारले पुस्तकमा १० प्रतिशत शुल्क बढाएर विद्यार्थीलाई समस्या पारेको बताए।

नेविसंघका महामन्त्री दीपक भट्टराईले मन्त्रीको राजीनामाले मात्र भ्रष्टाचार उन्मूलन नहुने भन्दै भ्रष्टाचार गर्ने मन्त्रीलाई कानूनी कारवाही गर्नुपर्ने बताए।

नेविसंघका महामन्त्री युवराज पाण्डे, बलदेव तिमल्सेनालगायतले भ्रष्टाचार गर्नेलाई कानूनी कारवाही नगरेसम्म नेविसंघले निरन्तर आन्दोलन गर्ने बताए। – रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...