News Portal

भ्रष्टाचारीलाई संरक्षण नगर्न नेवि संघको सरकारलाई आग्रह

हिमाली संचार संवाददाता
४७९ पटक

काठमाडौं १०, २०७६ फागुन : नेपाल विद्यार्थी संघले भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ। नेविसंघ केन्द्रीय समितिले शुक्रबार आयोजना गरेको विरोध कार्यक्रममा नेविसंघले भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गरेको हो।

कार्यक्रममा नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले जनताले तिरेको करले भ्रष्टाचार गर्न नपाइने बताए। “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको सरकारका मन्त्रीमाथि नै भ्रष्टाचारको आरोप  लाग्नु दुःखद् कुरा हो,” उनले भने।

अध्यक्ष ढुङ्गानाले बहुमत प्राप्त सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए। उनले सरकारले पुस्तकमा १० प्रतिशत शुल्क बढाएर विद्यार्थीलाई समस्या पारेको बताए।

नेविसंघका महामन्त्री दीपक भट्टराईले मन्त्रीको राजीनामाले मात्र भ्रष्टाचार उन्मूलन नहुने भन्दै भ्रष्टाचार गर्ने मन्त्रीलाई कानूनी कारवाही गर्नुपर्ने बताए।

नेविसंघका महामन्त्री युवराज पाण्डे, बलदेव तिमल्सेनालगायतले भ्रष्टाचार गर्नेलाई कानूनी कारवाही नगरेसम्म नेविसंघले निरन्तर आन्दोलन गर्ने बताए। – रासस

प्रतिकृया दिनुहोस्

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...