News Portal

काँग्रेस संघिय संरचनामा जाँदै, विधान मस्यौदा समितीको संयोजकमा महामन्त्री खड्का

हिमाली संचार संवाददाता
१६०६ पटक

भदौ ७,काठमाडौँ – नेपाली काँग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा, २४ (८) बमोजिम आज विधान संशोधन मस्यौदा समिति गठन गर्नुभएको हो । मुलुकको नयाँ सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनाहरुलाई पुनः संरचना गर्न विधानमा आवश्यक संशोधन गर्न काङ्ग्रेस केन्द्रीय कार्य समितिको गत वैशाख १६ गते सम्पन्न बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो ।

काँग्रेसले पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा केन्द्रीय सदस्यहरु डा मीनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुङ्गाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक रहेका छन ।

समितिले पार्टी सभापति देउवासँग परामर्श गरी आफ्नो कार्यविधि आफै तयार गरी लागू गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिका संयोजकले आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने अधिकार प्रदान गरिएको छ । (रासस)

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...