News Portal

संघीयता हामीले सोचेको जस्तो भएन, पुर्नविचार गर्न सकिन्छ : प्रचण्ड

हिमाली संचार संवाददाता
४६२ पटक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रणाली आफूहरुले सोचेको जस्तो नभएको बताएका छन्। उनले जुन हिसाबले सोचेर संघीयताको कुरा गरिएको थियो, त्यसअनुरुप नभएको भन्दै यसमा पुनर्निर्विचार गर्न सकिने धारणा राखे।

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संघीयताबारे भोलिका दिनहरुमा बहस गर्न सकिने बताए। उनले भने, ‘संबिधानले परिमार्जन र संशोधन गर्न सकिन्छ भनेको छ, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताबाहेक सबै कुरा संशोधन हुन सक्छ हामीले भनेकै छौँ, त्यसमा छलफल हुन सक्छ।

अहिले भएका संरचनामा देशभरी असन्तुष्टि रहेको उल्लेख गर्दै प्रचण्डले भोलि हेरफेर हुनसक्ने सम्भावना रहेको बताउँदै धैर्य गरेर बस्न आग्रहसमेत गरे। उनले ५ नम्बर प्रदेशका बाँके र बर्दिया जिल्ला कर्णाली प्रदेशमा गाभिन उत्सुक रहेको बताए।

उनले भने, ‘५ नम्बर प्रदेशमा म अस्ति जाँदा बाँके र बर्दिया राजधानी र केन्द्रको बारेमा कुरा मिलेन भने हामी बस्दैनौँ भन्ने विचार सुनेँ। उनले २ नम्बर प्रदेशमा हेर्दा सजिलो देखिए पनि त्यति सजिलो नभएको, बारा, पर्सा र रौतहट बरु ३ नम्बरमै सजिलो हुन्छ भन्ने मतमा रहेकाले संघीयता र संरचनाबारे छलफल गर्न सकिने दोहोर्याए।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...