News Portal

राष्ट्रपति भण्डारीकी छोरी महिला संघको केन्द्रीय सदस्य

हिमाली संचार संवाददाता
४६० पटक

काठमाडौं २१, २०७६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महिलाहरुलाई समावेशीता होइन समानताको मुद्दा उठाउन आग्रह गरेका छन।

पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघको केन्द्रीय समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले महिलाका सबै माग पार्टीभित्रैबाट पूरा हुने बताए।

ओलीले भने, ‘३३ प्रतिशत प्रतिनिधित्वको कुरा बाहिर गएर होइन पार्टीभित्रै छलफल गरेर पूरा हुन्छ। हामीले ३३ प्रतिशत समावेशी प्रतिधित्वको कुरा होइन समानताको कुरा गरेका छौं।

कम्तीमा ५० प्रतिशत महिला नेतृत्वको कुरा गर्नुस। तपाईहरुले समावेशी होइन समानताको मुद्दा उठाउनुस् सम्भव छ।

प्रधानमन्त्री ओलीले महिलालाई राष्ट्रपति र सभामुख बनाउने नेकपा एउटामात्रै पार्टी भएको भन्दै महिलाको समतामूलक प्रतिनिधित्व पार्टीले गराइरहेको बताए।

महासचिव विष्णु पौडेलले ४७५ सदस्यीय महिला संघ केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई सपथग्रहण गराएका थिए।

गोमा देवकोटा इन्चार्ज र अमृता थापा संयोजक रहेको ४७५ सदस्यीय अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा पूर्वएमाले पक्षबाट ५५ प्रतिशत र पूर्व माओवादी पक्षबाट ४५ प्रतिशत प्रतिनिधित्व रहेको केन्द्रीय सदस्य दीपा शर्माले बताइन।

यसैबीच जननेता मदनकुमार भण्डारी र राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी पनि अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा चयन भएकी छन।

पार्टीको भगिनी संगठनको केन्द्रीय समितिमा प्रतिनिधित्वसँगै नेकपामा मदन भण्डारी तथा विद्या भण्डारीको उत्तराधिकारीको औपचारिक प्रवेश भएको छ।

राजनीतिशास्त्रकी विद्यार्थी उषाकिरण यसअघि तत्कालिन एमाले सम्बद्ध महिला संघको विदेश विभागमा रहेर काम गरे पनि पूर्ण रुपमा राजनीतिमा थिइनन।

विद्या भण्डारी राष्ट्रपति भएपछि उनी मदन भण्डारी फाउण्डेशनको अध्यक्ष छिन। उषाकिरणलाई अखिल नेपाल महिला संघमार्फत पार्टीको केन्द्रीय राजनीतिमा स्थापित गर्न खोजिएको नेकपा स्रोतले जनाएको छ।

भण्डारीले पनि मंगलबार सपथग्रहण गरेकी छन। मदन भण्डारीको परिवारबाट राजनीतिमा स्थापित हुन लागेकी उषाकिरण पहिलो सदस्य हुन।

उनकी काकी उर्लाबारी नगरपालिका मोरङको उपमेयर छिन् भने मदन भण्डारीका भाइ प्रेम भण्डारी दुई दशकअघि एमाले हुँदै मालेको राजनीतिमा लागे पनि पछिल्लो समय उनी सक्रिय राजनीतिमा छैनन।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...