News Portal

ओली हिँड्नेवित्तिकै नेकपाको बैठकमा हँगामा भएपछि..

हिमाली संचार संवाददाता
५५७ पटक

काठमाडौं १६, २०७६ माघ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले भारतले नेपालको सिमाना मिचेको र अमेरिकी सहयोग एमसीसीसम्बन्धी एजेण्डा कार्यसूचीमा नराखेको भन्दै हँगामा मच्चाएका छन।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बुधबार बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको कार्यसूचीमा सिमाना मिचिएको विषय र विवादित एमसीसी किन नराखेको भनेर केन्द्रीय सदस्यहरूले उत्पात विरोध गरेका हुन।

बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले करीव साढे दुई घण्टा बोलेर हिँड्नेवित्तिकै हँगामा भएको हो।

ओली बैठकबाट गएपछि महासचिव विष्णु पौडेलले बैठकको कार्यसची पेश गरेका थिए। कार्यसूचीमा भारतले लिपुलेक, कालापानीलाई आफ्नो नयाँ नक्सामा राखेको तथा विवादित एमसीसीको विषय नराखेपछि हँगामा भएको थियो।

केन्द्रीय सदस्यहरू भीमबहादुर रावल, विरोध खतिवडा, युवराज ज्ञवाली, जगन्नाथ खतिवडालगायत करीव ५० जनाले कार्यसूचीको विरोध गरेको उच्च स्रोतले जनाएको छ।

केन्द्रीय सदस्यहरूले हँगामा मच्चाएपछि नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ती विषयहरूमा छलफल हुनेभन्दै आश्वासन दिएपछि बल्ल केन्द्रीय सदस्यहरू शान्त भएको स्रोतको भनाइ छ।

बैठकले १५ वटा समूह बनाएको छ। प्रत्येक समूहमा २९–२९ जना केन्द्रीय सदस्य रहेका छन। राजनीतिक प्रतिवेदनमा समूहमा छलफल हुनेछ।

छलफलपछि टोली नेताले बैठकमा समूहबाट आएको सुझाव र धारणा राख्नेछन। बैठकमा ओलीले एसीसी, यती समूहलगायतका विषयमा सरकारको बचाउ गरेका थिए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...