News Portal

रामेछापको खाँडादेवीका २ दर्जन नेकपा नेताकार्यकर्ता कांग्रेसमा प्रवेश 

हिमाली संचार संवाददाता
५३० पटक

काठमाडौं १६, २०७६ माघ : रामेछाप खाँडादेवी गाउँपालिकाका दुई दर्जन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन।

नेकपाभित्र बौद्धिक एवं कुशल संगठकको परिचय बनाएका रामकुमार कार्कीको नेतृत्वमा रामहरी कार्की, हरि कार्की, रामहरि गिरि लगायतका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आयोजित कार्यक्रममा उनीहरु कम्युनिष्ट पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए।

रामेछापका पार्टी सभापति लवश्री न्यौपाने लगाएत नेता कार्यकर्ताको बाक्लो उपस्थितिकाबिच नवआगन्तुकहरुलाई केन्द्रिय सभापति देउवाले पार्टी सदस्यता प्रदान गरि स्वागत गरेका थिए। सभापति देउवाले नव प्रवेशीलाई पनि पार्टीमा उचित जिम्मेवारी प्रदान गरिने बताए।

नव आगन्तुकका तर्फबाट मन्तव्य राख्दै रामकुमार कार्कीले स्थानीय सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा कम्युनिष्ट नेताहरु खोक्रो आडम्बरीमा टिकेका भन्दै वर्तमान कम्युनिष्ट सरकारले जनतामाथी चरम शोषण गरी सिङ्गो देशलाई नै भ्रममा राखेको बताए।

यसरी भ्रममा टिकेको कम्युनिष्ट पार्टी अब छिटैनै ध्वस्त हुँदै जाने संकेत देखिएको उल्लेख गर्दै अब कांग्रेसलाई एक ढिक्का बनाएर बिजयको यात्रातर्फ उन्मुख गराउने उत्तरदायित्व हाम्रो काँधमा पनि आएको कार्कीले बताए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...