News Portal

प्रमुख विपक्षी दलकाे तर्क सुनेर चकित परे कम्युनिस्टहरू

हिमाली संचार संवाददाता
५०७ पटक

काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद एवम् नेता डा.मीनेन्द्र रिजालले उपसभामुख पदका लागि कांग्रेस कमण्डलु लिएर कम्युनिस्टहरूसँग माग्न नजाने बताएका छन।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा.रिजालले कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग उपसभामुख पदमा बार्गे्निङ गरेर उम्मेदवारी नदिने प्रष्टाएका हुन।

उनले आफ्नो पार्टीसँग उपसभामुख जित्नका लागि आवस्यक मत नभएकाले नेकपासँग कमण्डलु बोकेर उपसभामुख दिनु भनेर माग्दै पनि नजाने बताएका छन।

सभामुख चयनमा कांग्रेसले उपसभामुखमा बार्गेनिङ गरेर उम्मेदवारी दिएन भन्ने कुरा गलत भएको रिजालले बताएका छन।

‘संविधानमा सभामुख र उपसभामुख अलगअलग पार्टीको हुनुपर्छ’, डा.रिजालले भने, ‘कमण्डलु लिएर उपसभामुख माग्न जाँदैन र कांग्रेससँग मत छैन र जाँदैन पनि।

नेपाली कांग्रेसलाई नेकपाका नेताहरूले विभिन्न आक्षेपहरू लगाइरहेका बेला नेपाली कांग्रेसका नेता डा.रिजालले नेकपासँग आफूहरूले भिख नमाग्ने जनाएका हुन।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...