News Portal

प्रमुख विपक्षी दलकाे तर्क सुनेर चकित परे कम्युनिस्टहरू

हिमाली संचार संवाददाता
५४३ पटक

काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद एवम् नेता डा.मीनेन्द्र रिजालले उपसभामुख पदका लागि कांग्रेस कमण्डलु लिएर कम्युनिस्टहरूसँग माग्न नजाने बताएका छन।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा.रिजालले कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग उपसभामुख पदमा बार्गे्निङ गरेर उम्मेदवारी नदिने प्रष्टाएका हुन।

उनले आफ्नो पार्टीसँग उपसभामुख जित्नका लागि आवस्यक मत नभएकाले नेकपासँग कमण्डलु बोकेर उपसभामुख दिनु भनेर माग्दै पनि नजाने बताएका छन।

सभामुख चयनमा कांग्रेसले उपसभामुखमा बार्गेनिङ गरेर उम्मेदवारी दिएन भन्ने कुरा गलत भएको रिजालले बताएका छन।

‘संविधानमा सभामुख र उपसभामुख अलगअलग पार्टीको हुनुपर्छ’, डा.रिजालले भने, ‘कमण्डलु लिएर उपसभामुख माग्न जाँदैन र कांग्रेससँग मत छैन र जाँदैन पनि।

नेपाली कांग्रेसलाई नेकपाका नेताहरूले विभिन्न आक्षेपहरू लगाइरहेका बेला नेपाली कांग्रेसका नेता डा.रिजालले नेकपासँग आफूहरूले भिख नमाग्ने जनाएका हुन।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...