News Portal

  • विश्वकै साहसिक महिलाको सुचिमा मीरा राई

    हिमाली संचार संवाददाता
    ४०० पटक

    विलक्षण साहसिक कार्य गर्ने विश्वकी १३ जना महिलामा नेपालकी मीरा राई पनि परेकी छन्। लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलामा मीरा एक हुन्।

    पुस्तकमा नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको विकट दुम्माना गाउँको गरीब परिवारमा जन्मिएकी मीराको विश्वचर्चित ट्रेल रनर बन्दासम्मको असाधारण यात्रालाई रोचकतापूर्वक वर्णन गरिएको छ। चेली क्यारोलको इलुस्ट्रेसन कलाले मीराको जीवन यात्रालाई अझ जीवन्त तुल्याएको छ।

    मीराका लागि सक्ने भएदेखि नै गाउँमा घाँसदाउराका साथै सुनसरीको चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु नियमित काम थियो। आफ्नो उमेरभन्दा दोब्बर तौलको भारी बोकेर उकाली-ओराली गर्दा उनलाई अल्ट्रा म्याराथन खेल संसारमा हुन्छ भन्ने थाहै थिएन।

    जसोतसो एसएलसी पास गरेपछि अब के गर्ने, कसरी पढ्ने भन्ने कुराले उनलाई सताउन थाल्यो। गरीब परिवारसामु थप दुःख गर्नुबाहेक उपाय पनि थिएन। साथीहरूको लहलहैमा उनी १५ वर्षकै उमेरमा माओवादी लडाकू बन्न पुगिन्।

    माओवादी शान्ति प्रक्रियामा आइसकेपछि मीरा अयोग्य लडाकूको सूचीमा परिन। सरकारले मात्र होइन, आफ्नै पार्टीले समेत अयोग्य भनेपछि उनी घर पनि फर्कन सकिनन। घर फर्कन पनि नसकिने र जागिर पनि नपाइने त्यो बेला थुप्रै ‘अयोग्य’ लडाकू जिल्लामै सानोतिनो काम गर्न थाले।

    काठमाडौंमा उनकी साथी थिइन्, अनुपमा मगर। अनुपमा पनि मीराजस्तै माओवादी लडाइँमै सहभागी थिइन्। उनै अनुपमाले मीरालाई काठमाडौं आउन र कराँते खेल्न प्रोत्साहित गरिन। उनै अनुपमा जसले १३ औं सागमा नेपाललाई कराँतेमा स्वर्ण पदक दिलाइन्।

    कराँते खेल्दै गर्दा मीराले एकपटक काम गर्न मलेशिया जाने बारे पनि सोचिन् तर, गुरु ध्रुवविक्रम मल्लले केही समय धैर्य गर्न सल्लाह दिंदै अल्ट्रा म्याराथन बारे पनि जानकारी दिए। डाँडापाखा दौडने पनि खेल हुन्छ भनेर पहिलोपल्ट थाहा पाइन्।

    त्यसपछिकी मीरा आज विश्वसामु छिन्। सन् २०१५ देखि दौडन थालेकी मीराले अधिकांश दौडमा प्रथम स्थान हासिल गरेकी छन्। फ्रान्समा सन् २०१५ मा भएको प्रतियोगितामा उनी विश्वविजेता बनेकी थिइन्।

    मीरालाई नेशनल जियोग्राफिक पत्रिकाले सन् २०१७ मा ‘एडभेञ्चर अफ द इयर’ बाट सम्मानित गरेको थियो। मीरा अहिले पनि दौडिरहेकी छन। यसका साथै उनी आफूजस्तै पृष्ठभूमि भएका बालिकाहरूलाई म्याराथन सिकाउने अभियानमा पनि लागिरहेकी छन्।

    आफैं पनि साहसिक खेलकी सौखिन लेखिका ड्यूले पुस्तकमा मीराबाहेक आन डानियल्स, जिन जियोङ, कारेन डार्के, सराह आउटेन, इम्मा तिमिस लगायतको कथा समेटेकी छन। हामीले यो सामाग्री हिमालखबरबाट लिएका हौ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...