सभामुख नहुदै अग्नि सापकोटामाथि आइलाग्यो आपत, माइतीघरमा प्रर्दशन

काठमाडौं ०८, २०७६ माघ : प्रतिनिधिसभाको सभामुखका उम्मेदवार अग्निप्रसाद सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
काभ्रेका अर्जुन लामा हत्या आरोपी सापकोटाविरूद्ध नागरिक खबरदारी भन्दै प्रदर्शन गरिएको हो। हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ। उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ।
अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेलापरेको थियो। संवैधानिक इजलासले उनको मुद्दा हेरिरहेको छ।














