News Portal

प्रमुख निर्वाचन आयुक्तको विभूषण खोसियो

हिमाली संचार संवाददाता
६५५ पटक

काठमाडौं – सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसेको छ ।

गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने उल्लेख थियो ।१४ साउन २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले विभूषण पाउनेहरुको नाम र क्रम संशोधन गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा यो संशोधन भएको हो । आफ्नो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि गृह मन्त्रालयले २९ साउनमा विभूषण पाउनेहरुको सूची सार्वजनिक गरेको छ । तर, त्यसमा प्रमुख निर्वाचन आयुक्तको नाम छैन ।

प्रसिद्ध प्रवल जनसेवाश्री पाउनेहरुमा ७ जनाको मात्र नाम छ । जबकि घोषणा हुँदा प्रमुख निर्वाचन आयुक्त यादवको नाम ८ जना थिए र यादवको नाम पाँचौं नम्बरमा थियो ।

प्रमुख आयुक्त यादवले भने आश्चर्य प्रकट गरे । विभूषण पाउनेहरुको सूचीमा तपाईंको नाम त काटिएछ नि भन्ने प्रश्नमा उनले भने, ‘मेरो नाम त थियो । काटिएछ ?’

घोषणा हुँदा नाम भएको तर, अहिले काटिएकोबारे आफूलाई कुनै जानकारी नभएको यादवले बताए ।

विभुषण पाउनेहरुलाई भदौ १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्ने कार्यक्रम छ । यसका लागि १७ गतेभित्र प्रवेश पत्र लिन गृह मन्त्रालयले आग्रह गरेको छ ।अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...