News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • फोरम सांसदको धम्की : सीमामा छेकबार लगाए फेरि नाकाबन्दी गर्छौ

    हिमाली संचार संवाददाता
    ४७६ पटक

    वीरगञ्ज – संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले नेपाल-भारत प्रवुद्ध समूहको प्रतिवेदनमा सीमामा तारबार गर्ने प्रस्ताव आएको भन्दै त्यसप्रति आपत्ती जनाएका छन् ।

    नेपाल भारतबीच सदियौंदेखि रहदै आएको रोटी बेटीको सम्बन्धलाई असर पार्ने गरी प्रतिवेदन आउन लागेको भन्दै उनले आपत्ती जनाएका हुन् ।

    नेपाल भारत मैत्री चिकित्सा शिविर कार्यक्रम अन्र्तगत वीरगञ्जमा सोमबार आयोजित निःशुल्क मधुमेह स्वास्थ्य परीक्षण शिविरको उद्घाटन गर्दै सांसद यादवले सदियौंदेखिको रोटी बेटीको सम्बन्ध विगार्ने षडयन्त्र भइरहेको बताए ।

    ‘भेषबहादुर थापाको नेतृत्वमा रहेको समूहले नेपाल भारतको सीमा क्षेत्रमा तारबार लगाउने र पासपोर्ट बनाएर आवतजावत गर्न दिनुपर्ने भन्ने प्रस्ताव गरेको कुरा आएको छ’ उनले भने ‘नेपाल भारतबीच सीतारामको समयदेखि रोटीबेटीको सम्बन्ध रहँदै आएको छ । अयोध्याबाट आज पनि जन्ती आउँछ । यसलाई बन्द गर्न खोजिएको छ । नेपाल भारतको सम्बन्ध बिगि्रयोस भन्ने चाहिएको छ, यो षडयन्त्रको पर्दाफास गर्नुपर्छ ।’

    सीमाको रक्षा मधेसी जनताले नै गरिरहेको बताउँदै मधेसी जनतालाई नै आघात पार्ने काम गर्न नहुने उनको भनाइ छ । ‘अहिले पनि कतिपयको ससुराली, मामाघर उता छ, यताका छोरी चेली उता विवाह गरेर गएका छन् । यहाँ तारबार र पासपोर्ट लगाउँदा यो सबै बन्द हुन्छ’ सांसद यादवले भने ‘यो सम्बन्धलाई बन्द गर्न खोजिएको छ । यो कदापी हुन दिदैनौं ।’

    उनले संसदमा आवाज उठाउने मात्रै नभएर आवश्यक परेको खण्डमा नाकाबन्दी समेत गर्न सक्ने चेतावनी दिए ।

    कार्यक्रममा प्रदेश सभासद राजेश्वरप्रसाद साह तेली, वीरगञ्ज नागर प्रमुख विजयकुमार सरावगी लगायतले पछिल्लो समयमा मधुमेह महामारी जस्तै फैलिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

    गान्धी ग्लोबल फेमिली नेपाल, नेपाल भारत मानव विकास एवं मैत्री संघ, नेपाल भारत मैत्री जनजागरण अभियानले वीरगञ्जको आशाराम हस्पिटलसँगको सहकार्यमा एकदिने शिविरको आयोजना गरेको हो ।

    शिविरमा मधुमेह भएको नभएको पत्ता लगाउन रगत परीक्षण गर्नुको साथै मधुमेहको संक्रमण भेटिएका विरामीहरुलाई ६ महिना सम्मको औषधी निशुल्क वितरण गर्ने अस्पतालका निर्देशक निभा दासले जानकारी दिइन् ।

    भारत सरकारको सहयोगमा यसअघि देशका ११ जिल्लामा शिविर सञ्चालन गरेर ३० हजार जनाको स्वास्थ्य परीक्षण गर्नुको साथै १० हजार भन्दा बढी विरामीलाई ६ महिनाको औषधी निःशुल्क वितरण गरिसकिएको अयोजक संस्थाका अध्यक्ष सूर्य भुसालले जानकारी दिए । अनलाइनखबर

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २९, २०८१ (अप्रिल ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

    काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं...

    धरानको जङ्गलमा मृत भेटिएकी महिलाको सनाखत, घटना रहस्यमय मोडमा

    धरान, चैत्र २८ – धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी...

    वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माको अपिल

    काठमाडौँ, चैत्र २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री...

    गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

    चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण...