News Portal

छम छम पाउजुको तालमा फेरी आइन् गायिका आशा लामा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१००७ पटक

राजु बोहरा–काठमाडौँ । खोटांग जिल्लामा जन्मिएकी गायिका आशा लामा बिगत २०५७ साल देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल छिन् । उनको हिलेबाट भोजपुर जाने दाई लगाएतका धेरै गीतहरु अशंख्य संगीत पारखीहरु माझ अहिले पनि डिजिटल बजारमा रहेका छन् । आशा केहि समय अगाडी सम्म सांगीतिक क्षेत्रमा शसक्त रुपमा रहे पनि केहि बर्ष बिभिद कारणले पछाडी रहेकी थिइन् । तर यसरी पछी बस्दा आफ्ना अशंख्य संगीत पारखी श्रोता एवम् दर्शकहरुले दिनुभएको मायाले आफु छटपटीमा रहेको र आफुलाई लागेको संगीतको नशाले फेरी यसै क्षेत्रमा फर्किएको उनि बताउछिन् ।

केहि बर्षको अन्तराल पछी पुनः सांगीतिक क्षेत्रमा होमिएकी गायिका आशा अब भने यस क्षत्रबाट टाढा नहुने बिस्वाश ब्यक्त गर्छिन् । उनको पछिल्लो समयमा नेपाली नारीहरुको महान चाड हरिलातिका तिज २०७५ साललाई लक्षित गर्दै “छम छम” बोलको गीतको साथमा पुनः आगमन भएको हो । यस गीतमा आशा स्वयम् को एकल स्वर रहेको छ भने लय सप्रेमको र शब्द देव दत्त भट्टको रहेको छ । गीतको मिठासता जस्तै यस गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा आशा, दामोदर, आंचल र डी.जे नानिको आकर्षक अभिनय देख्न सकिन्छ । यस भिडियोलाई निर्देशन बिजय राज ले गरेका हुन् भने छायांकन ज्ञान कुमार कटेल र सन्तोष पोख्रेल त्यसैगरी सम्पादन निर्देशक स्वयम् बिजय राजले गरेका छन् । हामी गायिका आशा लामा लाई निरन्तर सांगीतिक यात्राको शुभकामना ब्यत गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...